९ भदौ २०८३, मंगलबार | August 25, 2026

बागमती प्रदेशसभाका सभामुख पाठकले दिए राजीनामा



हेटौंडा । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन चर्किएपछि भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका पाठकले बुधबार (असोज १ गते) औपचारिक पत्रसहित उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा बुझाएका हुन् ।

राजीनामा पत्रमा उनले लेखेका छन्, “नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु । राष्ट्र रोइरहेको अवस्थामा नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित ठानेँ ।”

यसअघि भदौ २४ गते राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूले सामूहिक राजीनामा दिने घोषणा गरेपछि पाठकले पनि सभामुख पदबाट राजीनामा दिने निर्णय गरेका थिए । तर कानुनी प्रक्रिया अपुरो भएकाले औपचारिक रूपमा पत्र बुझाउन ढिलाइ भएको उनले स्पष्ट पारेका छन् ।

पाठक राप्रपाबाट बागमती प्रदेशसभाको सभामुख बनेका थिए । जेनजी आन्दोलनकै क्रममा तोडफोड र आगजनीबाट प्रदेशसभाको नयाँ र पुरानो दुवै भवनसहित विद्युतीय उपकरण जलेर ध्वस्त भएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  १ : ५७ बजे

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ । तनहुँमा पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

बागमती । अशोक वृक्षको छहारीमा सीता र त्रिजटाको मूर्ति ।