१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बागमती प्रदेशसभाका सभामुख पाठकले दिए राजीनामा



हेटौंडा । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन चर्किएपछि भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका पाठकले बुधबार (असोज १ गते) औपचारिक पत्रसहित उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा बुझाएका हुन् ।

राजीनामा पत्रमा उनले लेखेका छन्, “नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु । राष्ट्र रोइरहेको अवस्थामा नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित ठानेँ ।”

यसअघि भदौ २४ गते राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूले सामूहिक राजीनामा दिने घोषणा गरेपछि पाठकले पनि सभामुख पदबाट राजीनामा दिने निर्णय गरेका थिए । तर कानुनी प्रक्रिया अपुरो भएकाले औपचारिक रूपमा पत्र बुझाउन ढिलाइ भएको उनले स्पष्ट पारेका छन् ।

पाठक राप्रपाबाट बागमती प्रदेशसभाको सभामुख बनेका थिए । जेनजी आन्दोलनकै क्रममा तोडफोड र आगजनीबाट प्रदेशसभाको नयाँ र पुरानो दुवै भवनसहित विद्युतीय उपकरण जलेर ध्वस्त भएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  १ : ५७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा