५ बैशाख २०८३, शनिबार | April 18, 2026

एसियाडमा चार सय ३४ खेलाडीको नाम दर्ता



काठमाडौं । जापानको आइची र नागोयामा अर्को वर्ष आयोजना हुने २० औँ एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४३४ खेलाडीको नाम दर्ता गरिएको छ ।

अन्तरराष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)द्वारा आज जारी प्रेस विज्ञप्तिमा विभिन्न ३२ खेलका १९५ महिला र २३९ पुरुष खेलाडी २०औँ एसियाडका लागि पहिलो सूचीमा दर्ता भएको उल्लेख छ ।

एसियाडका लागि खेलअनुसार खेलाडीको दर्ता गर्ने अन्तिम मिति सेप्टेम्बर १६ सम्म थियो । त्यसमा ओलम्पिक कमिटीले यसअघि दर्ता गरिएको खेलमा दुई खेल थप गरेर ३२ खेलको खेलाडीका नाम दर्ता गरेको एनओसीले जनाएको छ ।

यससम्बन्धी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई पटकपटक पत्राचार गर्दा मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बाट खेलाडीको सङ्ख्याका बारेमा कुनै जानकारी प्राप्त नभएपछि पहिला दर्ता गरिएका ३० वटा खेलसँग सम्बन्धित सङ्घबाट सम्भावित खेलाडीको सङ्ख्या उपलब्ध गराएको जनाइएको छ ।

सोही अनुसार हिजो आयोजक कमिटीमा ‘इन्ट्री बाई’ नम्बर प्रक्रिया सम्पन्न भएको कमिटीका महासचिव राजीव श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि ओलम्पिक कमिटीले ३० खेलको नाम दर्ता गरेको थियो । त्योबेला नाम दर्ता नभए पनि खेलाडीको नाम दर्ता गर्दा फुटबल र तेक्वान्दोको खेलाडीको नाम पनि थप गरिएको थियो ।

एसियाडमा दर्ता गरिएको खेलमा एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एण्ड डान्स स्पोर्टस्, बेसबल एण्ड सफ्टबल, राफ्टिङ एण्ड कनोइङ, कुराँस, क्रिकेट, साइक्लिङ, इ–स्पोर्टस्, गल्फ, हकी र जुडो छन् ।

त्यसैगरी, कबड्डी, कराते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटिङ, स्पोर्टस् क्लाइम्बिङ, स्कावास, सफ्ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, भारतोलन, कुस्ती र उसु छन् । पछि थप गरेको खेलमा तेक्वान्दो र फुटबल रहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ६ : १५ बजे

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको