२० बैशाख २०८३, आइतबार | May 3, 2026

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच आज टेलिफोन वार्ता हुँदै



काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार टेलिफोन वार्ता हुने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार दुवै नेताबीचको वार्तामा आगामी फागुनमा हुने निर्वाचनका लागि भारतले उपलब्ध गराउन सक्ने सहयोग, भूकम्पपछिको पुनर्निर्माण, दुवै देशबीचको आपसी मित्रता तथा सहयोगका विषयमा छलफल हुनेछ ।

मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए । त्यही अवसरमा दुवै मुलुकका प्रधानमन्त्रीबीच टेलिफोनवार्ता गर्ने सहमति बनेको हो । भेटका क्रममा राजदूत श्रीवास्तवले मोदीले कार्कीलाई पठाएको बधाई सन्देशसमेत सुनाएका थिए । उनले नेपाल-भारतबीचको मित्रता र सहकार्यलाई अझ सुदृढ पार्ने भारतको प्रतिबद्धता पनि दोहोर्‍याएका थिए ।

मोदीले कार्की प्रधानमन्त्री नियुक्त भएलगत्तै सामाजिक सञ्जाल र मणिपुरमा भएको एक सार्वजनिक कार्यक्रममा बधाई दिएका थिए । उनले नेपाललाई हिमालयको काखमा बसेको भारतको घनिष्ठ मित्र देशका रूपमा उल्लेख गर्दै, साझा इतिहास र आस्थाले जोडिएको सम्बन्धलाई अझ सुदृढ पार्ने आशा व्यक्त गरेका थिए ।

“नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजीको आगमन महिला सशक्तिकरणको उत्कृष्ट उदाहरण हो,” मोदीले भनेका थिए, “नेपालले अस्थिर परिस्थितिमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोच्च स्थानमा राखेर नयाँ इतिहास रचेको छ ।”

गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनको प्रस्तावमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । त्यसलगत्तै मोदीले सामाजिक सञ्जाल एक्समार्फत उनलाई हार्दिक शुभकामना दिएका थिए ।

भारतको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै कार्कीको नेतृत्वले नेपालमा शान्ति र स्थिरतालाई बल पुर्‍याउने विश्वास व्यक्त गरेको थियो । मन्त्रालयले नेपाललाई “नजिकको छिमेकी, लोकतान्त्रिक साथी र दीर्घकालीन विकास साझेदार” को रूपमा उल्लेख गर्दै, भारत निरन्तर नेपालसँग हातेमालो गर्ने प्रतिबद्धता जनाएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ७ : ३५ बजे

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज