२२ भदौ २०८३, सोमबार | September 8, 2026

नेपालसँगको टी-२० सिरिजका लागि वेस्ट इन्डिजको १५ सदस्यीय टिम सार्वजनिक



काठमाडौं । क्रिकेट वेस्ट इन्डिजले नेपालसँग हुने टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । गएराति सार्वजनिक गरिएको टोलीमा क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ खेलाडीलाई मौका दिइएको छ भने केही अनुभवी खेलाडीलाई विश्राम दिइएको छ ।

नेपालसँगको सिरिजमा वेस्ट इन्डिजको कप्तानी स्पिनर अकील होसेनले गर्ने भएका छन् ।

वेस्ट इन्डिजको टोली :

अकिल होसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगेस्ट, नविन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर ।

नेपाल र वेस्ट इन्डिजबीचको यो सिरिज आगामी सेप्टेम्बर २७ देखि २९ सम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने तय भएको छ । यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने नेपाली टोली घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ८ : ०६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार