१८ चैत्र २०८२, बुधबार | April 1, 2026

आफ्नो पार्टीको नाममा धम्की र त्रास सिर्जना गर्नेलाई कारवाही होस : रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका क्रममा आफ्नो पार्टी र पार्टीसँग सम्बन्धित व्यक्तिहरूको नाम प्रयोग गरी धम्की र त्रास सृजना गर्ने गतिविधि भइरहेको भन्दै कडा आपत्ति जनाएको छ ।

पार्टीका प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा केही अवाञ्छित व्यक्ति तथा समूहले निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालयका उच्च पदस्थ कर्मचारीलगायतलाई रास्वपाको नाम प्रयोग गरेर डर, त्रास र धम्कीपूर्ण टेलिफोन सन्देश पठाएको गम्भीर जानकारी आएको उल्लेख छ ।

रास्वपाले यस्ता गतिविधिहरू पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै त्यसप्रति सार्वजनिक जानकारी गराएको छ । साथै, पार्टीले धम्कीपूर्ण गतिविधिमा संलग्न जो कोही भए पनि आवश्यक छानबिन र कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ९ : १८ बजे

लायन्स क्लब अफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीमा नयाँ नेतृत्व चयन

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब

प्रहरी कार्यालयमा विचौलिया निषेध गर्न आइजिपी कार्कीको कडा निर्देशन

बुटवल । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सेवाग्राहीलाई समस्या पार्ने गरी

ओलीले हिरासतबाटै बादललाई तोके एमालेको कार्यवाहक अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी उपाध्यक्ष रामबहादुर

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको नेतृत्वमा पंकज राईको उम्मेदवारी घोषणा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति (ट्रक) को नेतृत्वका लागि

मार्चमा आए एक लाख २० हजार पर्यटक

काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार