७ आश्विन २०८३, बुधबार | September 23, 2026

सैनिक ब्यारेकबाट बाहिरिए ओली, गुण्डुमा भाडाको घरमा सरे



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन् ।

जेनजी आन्दोलनको क्रममा सुरक्षा कारण सेनाले उनलाई नियन्त्रणमा लिएर ब्यारेकमा राखेको थियो । गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी सैनिक ब्यारेकमै बस्दै आएका थिए ।

सुरक्षा निकायका अनुसार ओली हाल भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँका लागि विशेष रूपमा भाडाको घर व्यवस्थापन गरिएको छ । यसअघि बालकोटस्थित उनको निजी निवास प्रदर्शनकारीले आगजनी गरी नष्ट गरेका थिए ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको पहलमा ओलीलाई गुण्डु सारिएको हो । बस्नेतले ओलीलाई भव्य कार्यक्रममार्फत् सार्वजनिक गर्ने तयारी भइरहेको समेत बताएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ६ : ४० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज