९ भदौ २०८३, मंगलबार | August 26, 2026

कांग्रेस सभापति देउवाको टाउको र गर्धनमा चोट, टाउकोमा १२ वटा टाँका



काठमाडौं । जेनजी आन्दोलनकारीको सांघातिक आक्रमणबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाको स्वास्थ्यमा सुधार भैरहेको पार्टीले जनाएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको सानेपामा बसेको बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिएका हुन् । उनका अनुसार आक्रमणमा घाइते देउवा दम्पति दुवैको स्वास्थ्य अवस्थामा सुधार आएको छ।

विश्वकर्माले भने, ‘सभापतिज्यूको टाउकोको पछाडि भागमा गम्भीर चोट छ, जसमा १२ वटा टाँका लगाइएको छ। गर्धनमा पनि चोट छ। दुवै चोट निको हुँदै गएको छ। उहाँ सामान्य बोलचाल र हिँडडुल गर्न सक्नुहुन्छ, तर उठ्दा चक्कर लाग्ने र बोल्दा असजिलो हुने भएकोले केही दिन उपचारमै रहनुहुनेछ।’

बूढानीलकण्ठस्थित निवासमा जेनजी प्रदर्शनका क्रममा भएको आक्रमणकारीले देउवाको टाउकोको पछाडि भाग र गर्धनमा प्रहार गरेका थिए । उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ। अहिले सभापति देउवा संवाद गर्न सक्ने अवस्थामा रहेको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको विश्वकर्माले बताए।

नेपाली सेनाले उद्धार गरी देउवा दम्पतीलाई सैनिक अस्पतालमा उपचारका लागि लगेको थियो। हाल उनीहरूको उपचार त्यहीँ भइरहेको छ।

यस्तै, आरजु राणा देउवाको स्वास्थ्यमा पनि सुधार आएको विश्वकर्माले जानकारी दिएका छन्। आक्रमणमा सिसा, रड वा धारिलो हतियार प्रयोग भएको हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ३ : ३६ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त