६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

‘भ्रष्टाचार र कुशासन अन्त्यका लागि दिइएको बलिदान खेर नजाओस्’



काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनमा सहिद भएका परिवार र घाइतेहरूले सहिदको रगत र घाइतेको योगदानमाथि खेलबाड नहोस् भन्ने चाहना रहेको बताएका छन् ।

आज संवाद डबलीमा आयोजित कार्यक्रममा सहभागीहरूले भ्रष्टाचार र कुशासन अन्त्यका लागि दिइएको बलिदान खेर नजाओस् भन्नेमा जोड दिएका हुन् । उनीहरूले सहिदले कसैलाई सत्तामा पुर्‍याउनभन्दा पनि समाजमा व्यप्त भ्रष्टाचार र कुशासन अन्त्यका लागि बलिदान दिएका बताए ।

प्रदर्शनमा घाइते भएका अछामका आदित्य रावलले आफूहरूले कसैलाई कुर्सीमा पुर्‍याउनका लागि प्रदर्शन नगरेको बताए । उनले सरकारले सहिद परिवार र घाइतेको जीविकोपार्जनबारे ठोस् कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।

घाइते गुल्मीका गोकर्ण विष्ट, हुम्लाका सुरेश ऐडीले आफूहरू त्रासको वातावरणमा बसेको बताउँदै घाइतेको उपचारसँगै भयरहित वातावरण बनाउन सरकारसँग आग्रह गरे । घाइते प्रकाश विष्टकी दिदी दुर्गा विष्टले आफ्ना भाइहरूको रगत खेर नजाओस् भनेर कामना गरिन् । घाइतेका आफन्त सरस्वती रावलले घाइतेहरू अस्पतालको शय्यामा आफ्नो योगदान खेर जाने अवस्था आउँछ कि भन्ने चिन्तामा रहेका बताए ।

जेनजी अगुवा सुप्रिया नेपालीले राजनीतिक स्थिरताका लागि आफूहरूले प्रदर्शन गरेको बताइन् । उनले विज्ञसहितको सहभागितामा मन्त्रिपरिषद् विस्तार, पूर्णसमानुपातिक निर्वाचन प्रणाली, शिक्षा, स्वास्थ्यलगायत सेवा निःशुल्क, २०४६ यता उच्च तहमा पुगेका राजनीतिज्ञ र प्रशासकको सम्पत्ति छानबिनलगायत माग जेनजीको रहेको जानकारी दिइन् ।

कार्यक्रममा जेनजी प्रदर्शनका अगुवा प्रकाश रावलले गत भदौ २३ गतेको प्रदर्शन देशको मुहार फेर्न र सकारात्मक परिवर्तनका लागि भएको धारणा राखे ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ९ : ३५ बजे

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन