१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

एशिया कप सुपर फोरमा बंगलादेशको रोमाञ्चक जित



काठमाडौं । एशिया कप सुपर फोर अन्तर्गतको रोचक खेलमा बंगलादेशले श्रीलंकामाथि चार विकेटको नाटकीय जित हात पारेको छ । श्रीलंकाले दिएको १६९ रनको लक्ष्य बंगलादेशले एक बल बाँकी रहँदा ६ विकेटको क्षतिमा पूरा गरेको हो । अन्तिम ओभरमा दुई विकेट गुमाए पनि बंगलादेशले धैर्य प्रदर्शन गर्दै आवश्यक एक रन जोड्दै विजय हासिल गरेको छ ।

यस जितसँगै बंगलादेशले सुपर फोरमा महत्त्वपूर्ण अंक जोडेको छ भने श्रीलंकाको यात्रा भने थप कठिन बनेको छ ।

सुरुमा ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । कप्तान दासुन शानाकाले उत्कृष्ट प्रदर्शन गर्दै ३७ बलमा ६४ रनको नटआउट अर्धशतक प्रहार गरे । तर अन्य ब्याट्सम्यानहरूबाट उल्लेख्य योगदान नआएपछि श्रीलंकाले ठूलो स्कोर बनाउन सकेन ।

बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमान घातक बने । उनले चार ओभरमा मात्र २० रन खर्चेर तीन विकेट लिएका थिए । साथै माहीदी हसनले पनि दुई विकेट हात पारे ।

१६९ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको बंगलादेशका लागि सैफ हसन र तौहिद हृदयोले शानदार अर्धशतक बनाए । हसनले ४५ बलमा ६१ रन प्रहार गरे भने हृदयोलाई रोक्न श्रीलंकाली बलर असफल भए, उनले ३७ बलमा ५८ रन जोडे । लिटन दासले पनि २३ रनको योगदान दिए ।

यो जितसँगै बंगलादेशले सुपर फोरमा आफ्नो अभियानलाई बलियो बनाएको छ भने श्रीलंकाले अब पाकिस्तान र भारतजस्ता शक्तिशाली टिमसँग खेल्नुपर्ने भएकाले दबाब झनै बढेको छ ।

सुपर फोर अन्तर्गत आज राति भारत र पाकिस्तानबीच बहुप्रतिक्षित भिडन्त हुने तय भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : ४७ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना