२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बुटवलमा औद्योगिक प्रदर्शनी आयोजनालाई लिएर दुई संघबीच तीव्र विवाद



बुटवल । यस वर्ष बुटवलमा हुने औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजनालाई लिएर दुई व्यवसायिक संघबीच विवाद चर्किएको छ । रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघ बुटवलले आगामी पुस महिनामा मेला गर्ने दाबी गर्दै आ-आफ्नै अडान सार्वजनिक गरेपछि विवाद सतहमा आएको हो ।

शनिबार रुपन्देही उद्योग संघले बुटवल मण्डपस्थित प्रदर्शनी केन्द्रमा आफ्नो व्यानर राख्दै मेला आयोजना गर्ने घोषणा गरेपछि उद्योग व्यापार संघले पत्रकार सम्मेलन गरी त्यसलाई अस्वीकार गर्दै मेलाको अधिकार आफूहरूको रहेको दाबी गर्यो । उद्योग व्यापार संघले विगत एक वर्षदेखि पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव-२०८२ को तयारी गर्दै आएको र यसबारे आवश्यक निवेदनसमेत दर्ता गरिसकेको जनाएको छ ।

उद्योग व्यापार संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बुटवलका चार व्यवसायिक संघबीच भएको सहमतिलाई रुपन्देही उद्योग संघले तोडमोड गरेको आरोप लगाए । उनले भने, “हामीले एक वर्षअगाडिदेखि तयारी गरिरहेका छौं, तर अन्तिम समयमा अर्को संस्थाले व्यानर राखेर सरासर गलत काम गरेको छ । कान्छो संस्था भनेर हाम्रो अवमूल्यन गर्ने दिवास्वप्ना नदेखियोस्, अवरोध भएमा अरुलाई पनि मेला गर्न दिइने छैन ।”

संघका संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले पनि २०७८ सालमा देविनगरमा आयोजित मेलाको उदाहरण दिँदै आलोपालोको आधारमा यसपटक मेलाको पालो आफ्नो संस्थामा हुने स्पष्ट पारे । निवर्तमान अध्यक्ष गोविन्दराज गैरेले समेत विगतमा रुपन्देही उद्योग संघले मेलामा अवरोध गर्न खोजेको स्मरण गर्दै कोभिड महामारीको बीचमा पनि आफूहरूले सफलतापूर्वक मेला सम्पन्न गरेको बताए ।

उता, रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष जिवकान्त काफ्लेले भने २०७८ सालमै सहमति तोडमोड भएको दाबी गरे । उनका अनुसार त्यतिबेला राष्ट्रिय उद्योग व्यवसाय संघले संस्थाको वास्तविक परिचय लुकाएर मेला आयोजना गरेको र पछि नाम परिवर्तन गरी उद्योग व्यवसाय संघ राखिएको हो । उनले केही संघहरुले मेलाको जिम्मेवारी पाएपछि ठेक्कामा दिने प्रवृत्ति रहेको आरोप लगाउँदै आफ्नो संस्थाले भने स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले निरन्तर प्रदर्शनी गर्दै आएको बताए ।

उनका अनुसार यसअघि फागुनमा हुने प्रदर्शनीलाई विवादित रूपमा पुस महिनामा सारिएकाले अहिले पुनः त्यही विवाद दोहोरिएको हो ।

बुटवल मण्डपमा विगतदेखि नै बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ र रुपन्देही उद्योग संघले आलोपालोमा मेला आयोजना गर्दै आएका छन् । तर यसपटक दुवै संघले एकै समयमा मेलाको अधिकार दाबी गरेपछि विवाद झनै चर्किएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ८ : ३० बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज