१३ भदौ २०८३, शनिबार | August 29, 2026

गण्डकीमा क्षतिग्रस्त भौतिक संरचनाको प्रारम्भिक मूल्याङ्कन गरिँदै



कास्की । गण्डकी प्रदेशमा जेनजीको प्रदर्शनका क्रममा क्षति भएका सरकारी, व्यावसायिक तथा निजी भौतिक संरचनाको शनिबारदेखि प्रारम्भिक अध्ययन तथा मूल्याङ्कन सुरु भएको छ ।

नेपाल इञ्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशले प्रदेश सरकारसँगको सहकार्यमा यही भदौ २३ र २४ गते प्रदर्शनका क्रममा आगजनी गरी क्षति पुगेका संरचनाको प्रारम्भिक अवस्थाको अध्ययन तथा मूल्याङ्कन ‘र्‍यापिड भिजुअल ड्यामेज एसेसमेन्ट’ (आरभीडीए) अभियान सुरु गरेको हो ।

यस अभियानअन्तर्गत गण्डकी प्रदेश मातहतका विभिन्न मन्त्रालय, सरकारी कार्यालय तथा सार्वजनिक भवनको स्थलगत निरीक्षण गरी क्षतिको अवस्थाबारे तथ्याङ्क सङ्कलन गरिने एसोसिएसनका सभापति सन्तोष जिसीले बताए । उनका अनुसार इञ्जिनियरहरूको छवटा छुट्टाछुट्टै समूह गठन गरेर क्षतिको अवस्थाबारे तथ्याङ्क सङ्कलन थालिएको गरिएको छ ।

प्रत्येक टोलीमा एक टोली नेता र पाँच जनासम्म सदस्य रहेका छन् । प्रत्येक टोलीको कार्यक्षेत्र, निरीक्षण क्षेत्र र जिम्मेवारीसमेत तोकिएको एसोसिएसनले जनाएको छ । यस अभियानबाट क्षतिको वास्तविक विवरण प्राप्त हुने अपेक्षा गरिएको छ ।

सभापति जिसीले भने, ‘प्रभावित संरचनाको वर्तमान अवस्थामा सुरक्षित छ वा छैनन् भन्ने निर्धारणका लागि तत्काल प्राविधिक परीक्षण आवश्यक छ । हामीले सुरु गरेको यस अभियानले गण्डकी प्रदेशका सरकारी भवनको वास्तविक क्षतिको अवस्था उजागर गर्दै आगामी दिनमा पुनःनिर्माणको योजनाका लागि प्राविधिक आधार तयार गर्नेछ ।’

त्यसैगरी, अभियानबाट सङ्कलन भएको तथ्याङ्क तथा जानकारी आगामी चरणमा आवश्यक पुनर्निर्माण, मर्मत तथा जोखिम न्यूनीकरणका लागि महत्त्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ । जेन-जी प्रदर्शनका क्रममा प्रदेशमा सबैभन्दा बढी क्षति पोखरामा भएको छ । मुख्यमन्त्री कार्यालय, प्रदेशसभा, मन्त्रालय, जिल्ला प्रशासन, मालपोत, जिल्ला अदालतलगायत पाँच दर्जनभन्दा बढी कार्यालयमा आगजनी र तोडफोड भएको छ । प्रदर्शनका क्रममा आगजनीमा परेर पोखरामा तीन जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ९ : ३५ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक