६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

गगन-विश्वप्रति प्रकाशशरणको आक्रोश : सभापतिको घाउमाथि नुन छर्ने ?



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति आक्रोश पोखेका छन्।

पार्टी नेतृत्व परिवर्तनको माग गर्दै विशेष महाधिवेशन बोलाउनुपर्ने आवाज उठिरहेका बेला उनले आज बिहान आफ्नै जलेको निवासमा पत्रकार सम्मेलनमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

डा। महतका अनुसार सभापति शेरबहादुर देउवाले लोकतन्त्रका लागि लामो संघर्ष गरेका र हालै त्रासदीपूर्ण आक्रमणको सामना गरेका अवस्थामा जिम्मेवार नेताहरूले संवेदनशीलता नदेखाउनु दु:खद छ। उनले भने, “घाउ पूर्ण रूपमा निको नभइसकेको बेलामा नेतृत्व परिवर्तनको बहस गर्नु भनेको घाउमाथि नुन छर्ने जस्तै हो। अहिलेको आवश्यकता भनेको एकता हो, कमजोरी पनि मिलेर मात्रै सुधार्न सकिन्छ।”

उनले हाल नेतृत्वविरुद्ध प्रश्न उठाइरहेका नेताहरू आक्रमण हुनुभन्दा केही दिनअघि मात्र सभापतिका नजिक रहेका स्मरण गराए। “२३ गतेभन्दा चार दिनअघिसम्म सभापति सबैभन्दा योग्य भन्ने यही नेताहरू थिए। हामी त बरु अलि टाढा देखिन्थ्यौं। तर अहिले नयाँ परिस्थिति बनेपछि एकैछिन पनि नपर्खी नेतृत्व परिवर्तनको कुरा उठाइयो,” उनले टिप्पणी गरे।

डा. महतले पार्टीमा भएको घटनाबारे मूल्यांकन गर्ने जिम्मेवारी केन्द्रीय समिति र संस्थागत संरचनाले लिने भन्दै घाइते सभापति पूर्ण रूपमा स्वस्थ नहुँदै टिप्पणी गर्नु उचित नहुने बताए। “नयाँ परिस्थिति बन्नेबित्तिकै अब एकछिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि नहुँदै आकाश नै झर्छ ? पार्टीको केन्द्रीय समिति छ, संरचना छ । कसरी भयो, किन भयो ? त्यसको मूल्यांकन पनि गर्छौं । तर त्यसको लागि पनि नपर्खिने ?”, उनले भने ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १० : ५५ बजे

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन