७ भदौ २०८३, आइतबार | August 23, 2026

घृणाजन्य अभिव्यक्ति बन्द गर्न आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि हिंसात्मक कार्यलाई प्रश्रय पुग्नेगरी गतिविधि तथा अभिव्यक्ति नगर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मर्यादामा ठेस पुग्नेखालका अभिव्यक्ति नदिन आग्रह गरिएको छ ।

आयोगको विज्ञप्तिमा भनिएको छ, “आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मर्यादामा ठेस पुग्ने खालका अभिव्यक्ति नदिन, घृणाजन्य अभिव्यक्तिबाट समाजमा सिर्जना हुनसक्ने हिंसात्मक अवस्थाप्रति सचेत विकसित राजनीतिक परिस्थितिमा संयमित भएर उचित निकास खोज्ने कार्यमा लाग्न आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ ।”

आयोगले जेनजी आन्दोलनपछि नयाँ सरकार बनेको र निर्वाचनसमेत घोषणा भएको अवस्थामा समाजका विभिन्न क्षेत्रका केही व्यक्ति, समूह र दलका नेताहरुबाट विभिन्न कोणबाट घृणाजन्य अभिव्यक्ति आएको र यस प्रकारका कार्यबाट हिंसात्मक कार्यलाई थप बल पुग्न जाने भएकाले सजग रहन भनेको छ ।

“विकसित परिस्थितिप्रति आफ्नो धारणा राख्न पाउने एवं कुनै सार्वजनिक व्यक्तिले गरेका कामप्रति टिप्पणी गर्न पाउने नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारको विषय हो”, विज्ञप्तिमा भनिएको छ, “तर यस्ता अभिव्यक्तिहरु संयमित, मर्यादित र मानव अधिकारको मूल्यमान्यताको परिधिभित्र रहेर गर्नुपर्ने हुन्छ ।”

 

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ५ : २२ बजे

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिँदा कम्युनिष्ट आन्दोलन कमजोर भयो : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक : उर्जामन्त्री श्रेष्ठ

मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश

दमौली । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण