१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एसिया कप : पाकिस्तानलाई ६ विकेटले हराउँदै भारत विजयी



काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । गएराति संयुक्त अरब इमिरेट्स (यूएई) मा सम्पन्न खेलमा पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले ७ बल बाँकी रहँदा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।

यसअघि समूह चरणको खेलमै पाकिस्तानलाई हराएको भारतले सुपर फोरमा पनि दोस्रो पटक विजयी नतिजा निकाल्दै दुई अंक जोडेको छ ।

भारतका लागि अभिषेक शर्माले शानदार अर्धशतक प्रहार गर्दै ३९ बलमा ६ चौका र ५ छक्कासहित ७४ रन बनाए । शुभमन गिलले ४७, तिलक बर्माले ३० र सञ्जु श्यामसनले १३ रनको योगदान दिए । पाकिस्तानका बलरहरूमध्ये हरिस राउफले २ विकेट, अब्राहम र फहम आस्रफले एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । पाकिस्तानका लागि साहिबजादा फरहानले ५८ रनको अर्धशतक प्रहार गरे भने सायम अउब र मोहमद नवाजले समान २१-२१ रन जोडे ।

भारतको बलिङमा शिभम दुवेले २ विकेट, कुलदीप यादव र हार्दिक पाण्ड्याले एक-एक विकेट लिए भने जसप्रित बुम्राह विकेटबिहीन भए ।

यसअघि भएको सुपर फोरको अर्को खेलमा बंगलादेशले श्रीलंकालाई हराउँदै दुई अंक जोडिसकेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ८ : ३८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा