१९ माघ २०८२, सोमबार | February 2, 2026

बजाज बाइक खरिदमा रुपन्देहीकी देवीमाया अधिकारीलाई ५० हजार नगद पुरस्कार



बुटवल । दशैँ अफरअन्तर्गत बजाज बाइक खरिद गर्दा रुपन्देहीको देवदह नगरपालिका-१० की देवीमाया अधिकारी ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भएकी छन् । उनले बुटवल कालिकानगरस्थित श्री भैरव अटोमोबाइल्स प्रालिबाट बजाज पल्सर १५० सिंगल डिस्क खरिद गर्दा लुम्बिनी प्रदेशकै भाग्यशाली ग्राहक बनेकी हुन् ।

सोमबार आयोजित विशेष समारोहमा श्री भैरव अटोमोबाइल्स प्रालिका म्यानेजिङ डाइरेक्टर कृष्णबहादुर खड्काले अधिकारीलाई नगद हस्तान्तरण गरे । नेपालमा बजाज मोटरसाइकलका आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले यस वर्ष दशैँ-तिहारलाई लक्षित गर्दै “बजाज प्रिमियर लिग (मनाऔं जितको उत्सव)” अफर सार्वजनिक गरेको हो ।

यसपटक कम्पनीले परम्परागत स्क्र्याच कार्ड प्रणाली हटाएर ग्राहकलाई अनलाइन इन्टरएक्टिभ क्रिकेट गेममार्फत पुरस्कार वितरण गर्ने व्यवस्था गरेको छ । हरेक हप्ताको शीर्ष स्कोररलाई १ लाख रुपैयाँसम्म पुरस्कार दिइनेछ भने न्यूनतम ७ हजार रुपैयाँसम्मको नगद पुरस्कार पाउने व्यवस्था गरिएको छ । साथै, एक भाग्यशाली ग्राहकले आफ्नो मनपर्ने क्रिकेटरलाई प्रत्यक्ष भेट्ने अवसर समेत पाउनेछन् ।

यस्तै, असोज ५ देखि १० गतेसम्म कम्पनीले देशव्यापी “नेशनल फ्रि चेकअप क्याम्प” सञ्चालन गरिरहेको छ । जसअन्तर्गत ५० प्रतिशत लेबर चार्ज, १६ प्रतिशत इन्जिन आयल, १० प्रतिशत स्पेयर पार्ट र १० प्रतिशत युरो ग्रिप टायरमा छुटको व्यवस्था गरिएको छ ।

रुपन्देही क्षेत्रमा बिक्री वितरण गर्दै आएको श्री भैरव अटोमोबाइल्स प्रालिमा हाल करिब दुई दर्जन कर्मचारी तथा टेक्निसियन कार्यरत छन् । कम्पनीले हाल एफआई र एबिएससहित १५ भेरियन्टका मोटरसाइकल बजारमा उपलब्ध गराएको जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ४ : ०१ बजे

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक

बढ्दो अतिक्रमण र प्रदूषणले सङ्कटमा सिमसार

काठमाडौं । ‘सिमसार र परम्परागत ज्ञानः सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने

बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार

बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन

पूर्वमन्त्री जितेन्द्र देवद्वारा नेकपा एमाले परित्याग

काठमाडौं । पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्।

सुनको भाउ प्रतितोला १३ हजार ४०० ले घट्यो, ३ दिनमा ५२ हजार ७०० कम

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३