काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले कार्यभार सम्हालेका हुन् ।
पदभार ग्रहण गर्दै मन्त्री खरेलले पहिलो निर्णयका रूपमा काठमाडौंसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा आगामी पाँच महिनाभित्र निःशुल्क वाइफाइ सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् । मन्त्रालयका अनुसार यस निर्णयलाई सूचना प्रविधि पहुँच विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।


















प्रतिक्रिया