जनकपुरधाम । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
बुधबार जनकपुरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
गत २४ भदौमा जेनजी आन्दोलनकै क्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरेपछि पछि फिर्ता लिँदै सदनको सामना गर्ने तयारी गरेका थिए । यद्यपी, उनको पार्टी जनमत पार्टीले भने यसअघि नै मुख्यमन्त्रीबाट राजीनामा दिन सिंहलाई निर्देशन दिँदै सरकारलाई दिएको समर्थन फिर्ता समेत गरेको थियो । पार्टीको निर्देशका बाबजुद सिंह मुख्यमन्त्रीमा कायमै रहेका थिए ।
कांग्रेसले भने आज मात्र सिंहलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको हो ।
का थिए । तर पछि अडान परिवर्तन गर्दै सदनको सामना गर्ने तयारीमा पुगेका छन् । यसअघि ३१ भदौमा जनमत पार्टीले मुख्यमन्त्री सिंहसहित आफ्ना दुई मन्त्री फिर्ता लिँदै समर्थन फिर्ता गरेको पत्र प्रदेश सभामा बुझाइसकेको थियो ।
जनमत पार्टीले नै आफ्ना मुख्यमन्त्री विरुद्ध समर्थन फिर्ता लिएपछि आफुहरुले समर्थन गरिरहनु औचित्य नभएको कांग्रेसले जनाएको छ ।


















प्रतिक्रिया