१६ बैशाख २०८३, बुधबार | April 29, 2026

स्वास्थ्य मन्त्रालयका सबै संयन्त्र पुनःस्थापित



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै संयन्त्र पुनःस्थापित गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले विगतदेखि नै प्रयोगमा रहेका सबै संयन्त्रहरू पुनःस्थापित गरिएको जानकारी गराएका छन् ।

“स्वास्थ्य सेवा प्रवाहमा जिम्मेवारीअनुसारको पारदर्शिता तथा जवाफदेहितालाई अझै सुदृढ गर्दै लैजाने यस मन्त्रालयले विगतदेखि नै प्रयोगमा रहेका सबै संयन्त्र पुनःस्थापित गरिएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ”, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सेवा प्रवाहमा कुनै कठिनाइ भए हटनम्बरमा फोन गर्न आग्रह गरिएको छ ।

उनले मन्त्रालय र मन्त्रालयअन्तर्गतका विभाग, केन्द्र तथा अस्पतालबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यका लागि दबाब दिएको एवं सेवा प्रवाहमा परेको कठिनाइ सिर्जना भएको अवस्था हटलाइन नम्बरमा फोन गर्न आग्रह गरे ।

मन्त्रालयले हटलाइन नम्बर १११५, भाइबर तथा ह्वाटस् एप ९८५१३३०५९२ र इमेल [email protected], प्रवक्ता ९८५१२५५८३८ र सूचना अधिकारी ९८५१३६३७५६ मार्फत जानकारी गराउन आग्रह गरेको छ ।

मन्त्रालयले पूर्ण रूपमा जलेर नष्ट रहेको अवस्थामा अस्थायी व्यवस्थापनबाट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट मन्त्रालयले काम गरिरहेको मन्त्रालयका प्रवक्ता बूढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ८ : २२ बजे

चिकित्सकहरुको आन्दोलनका कारण भेरी अस्पतालको ओपीडी आज पनि खुलेन, सयौं विरामीहरु अलपत्र

नेपालगन्ज । चिकित्सकमाथि आक्रमण गर्ने तथा ज्यान मार्ने धम्की दिने

सञ्चार मन्त्रालयद्वारा प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार भएको दाबी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा

ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौँ, १६ वैशाख स् ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि

बिपी कोइराला क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष

अध्यादेशबारे रास्वपाभित्रै असन्तुष्टि, गणेश कार्की भन्छन् – ‘यो बहादुरी होइन’

काठमाडौं । सरकारले हालै ल्याएको अध्यादेशप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी