१४ माघ २०८२, बुधबार | January 28, 2026

स्वास्थ्य मन्त्रालयका सबै संयन्त्र पुनःस्थापित



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै संयन्त्र पुनःस्थापित गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले विगतदेखि नै प्रयोगमा रहेका सबै संयन्त्रहरू पुनःस्थापित गरिएको जानकारी गराएका छन् ।

“स्वास्थ्य सेवा प्रवाहमा जिम्मेवारीअनुसारको पारदर्शिता तथा जवाफदेहितालाई अझै सुदृढ गर्दै लैजाने यस मन्त्रालयले विगतदेखि नै प्रयोगमा रहेका सबै संयन्त्र पुनःस्थापित गरिएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ”, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सेवा प्रवाहमा कुनै कठिनाइ भए हटनम्बरमा फोन गर्न आग्रह गरिएको छ ।

उनले मन्त्रालय र मन्त्रालयअन्तर्गतका विभाग, केन्द्र तथा अस्पतालबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यका लागि दबाब दिएको एवं सेवा प्रवाहमा परेको कठिनाइ सिर्जना भएको अवस्था हटलाइन नम्बरमा फोन गर्न आग्रह गरे ।

मन्त्रालयले हटलाइन नम्बर १११५, भाइबर तथा ह्वाटस् एप ९८५१३३०५९२ र इमेल [email protected], प्रवक्ता ९८५१२५५८३८ र सूचना अधिकारी ९८५१३६३७५६ मार्फत जानकारी गराउन आग्रह गरेको छ ।

मन्त्रालयले पूर्ण रूपमा जलेर नष्ट रहेको अवस्थामा अस्थायी व्यवस्थापनबाट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट मन्त्रालयले काम गरिरहेको मन्त्रालयका प्रवक्ता बूढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ८ : २२ बजे

बाँके-३ का रास्वपा उम्मेदवार खगेन्द्र सुनारलाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बाँके क्षेत्र नम्बर

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने नेपाली कांग्रेसका

रास्वपा उम्मेदवार खगेन्द्र सुनारले राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं । नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न÷प्रतीक र राष्ट्रिय जनावरको

भदौ २३ गते गोली चलाउने आदेश नदिएको ओलीको स्पष्टिकरण, ‘भ्रमपूर्ण प्रचारमा नपर्न’ आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले