१५ माघ २०८२, बिहिबार | January 29, 2026

एसिया कप : बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारत फाइनलमा



काठमाडौं । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति यूएईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न सुपर फोरको दोस्रो खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको हो ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन जोड्यो । भारतका लागि ओपनर अभिषेक शर्माले केवल ३७ बलमा पाँच छक्का र ६ चौकाको मद्दतमा शानदार ७५ रन बनाउँदै अर्धशतक पुरा गरे । हार्दिक पाण्डेयले ३८ रन तथा शुभमन गिलले २१ रनको योगदान दिए । बंगलादेशका रिशाद हुसैनले २ विकेट लिँदा ताजिम हसन, मुस्तफिजुर रहमान र मोहम्मद सैफुदिनले एक-एक विकेट लिए ।

१६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमै अलआउट हुँदै १२७ रनमै समेटियो । साहिद हसनले ५१ बलमा पाँच छक्का र तीन चौकासहित सर्वाधिक ६९ रन बनाए । प्राभेज हुसेनले २१ रन जोडे तर अन्य ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन् ।

भारतका सुलदीप यादवले ३ विकेट झारे भने जसप्रित बुमराह र वरुण चक्रवतीले २-२ विकेट लिए । अक्षर पटेल र तिलक वर्माले पनि एक-एक विकेट हात पारे ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ६ : ५७ बजे

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय