१० भदौ २०८३, बुधबार | August 26, 2026

चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार



तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत जिल्लामा चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरेका आयोजनामार्फत थप चार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको हो ।

सो अवधिमा ६ वटा सिँचाइ आयोजना सम्पन्न भएका कार्यालयका प्रमुख मोहनराज आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाका १३ हजार ५८३ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । त्यसमध्ये ६ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने उनले जानकारी दिए ।

आचार्यले भने, ‘जिल्लाको कूल क्षेत्रफल एक लाख ५४ हजार ६०० हेक्टर क्षेत्रफलमध्ये ६५ हजार ६१ हेक्टर खेतीयोग्य जमिन छ । एकाउन्न हजार ५१० हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । तर सबै ठाउँमा सिँचाइ सुविधा पुग्न सकिरहेको छैन ।’

कार्यालयले गत आव सिँचाइतर्फ चार वटा इन्टेक, सात हजार २३३ मिटर क्यानल लाइनिङ, नौ हजार ३१४ मिटर पाइपलाइन विस्तार गरेको आचार्यले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारमार्फत नदी नियन्त्रणतर्फ ४०० मिटर र प्रदेश सरकारमार्फत १९० मिटर तटबन्धन गरिएको छ । जसकारण १३ हेक्टर जग्गा उकासमा सहयोग पुगेको बताउँदै उनले एक हजार ३९० मिटर ग्याविन वाल निर्माण गरिएको जानकारी दिए ।

सो वर्ष प्रदेश सरकारमार्फत नदी नियन्त्रणका लागि चार करोड ३२ लाख १२ हजार, पहिरो संरक्षणका लागि ३३ लाख ८२ हजार, सिँचाइ आयोजना निर्माणका लागि आठ करोड ९९ लाख ९१ हजार, आपत्कालीन बाढीपहिरो तथा जलस्रोतसम्बन्धी क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि ३२ लाख २८ हजार बजेट खर्च भएको छ ।

कार्यालयले विभिन्न आयोजनामार्फत रोजगारी सिर्जनामा समेत सहयोग पुर्‍याएको छ । कार्यालय प्रमुख आचार्यका अनुसार घिरिङ गाउँपालिका-३ स्थित फदुवा छबिसे सिँचाइ आयोजनामा २५, घिरिङ गाउँपालिका-१ स्थित गडीझौरीटार सिँचाइ आयोजनामा ४०, म्याग्दे गाउँपालिका-७ स्थित रानीटारी सिँचाइ आयोजनामा १५, ऋषिङ गाउँपालिका-४ स्थित मनादी खोला भिरकोट सिँचाइ आयोजनामा २५ र व्यास नगरपालिका-६ स्थित मदीखोला ठूलोकुलो मर्मत कार्यमा २० जनाले रोजगारी पाएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ९ : ३५ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त