१५ चैत्र २०८२, आइतबार | March 29, 2026

ट्राफिक व्यवस्थापनमा सघाउँदै काठमाडौं महानगर



काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि दुई हजार ५०० ट्राफिक कोन र एक हजार २५० रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ ।

सडक च्यानलाइजेसनमार्फत दुर्घटना र जाम न्यूनीकरण गर्ने लक्ष्य, ट्राफिक व्यवस्थापनमा महानगर, ट्राफिक प्रहरी र सरोकारवालाबीच सहकार्यमा कामपाले उक्त कार्य सुरु गरेको जानकारी दिएको छ ।

कामपा सहरी योजना आयोगका सहायकविज्ञ अनुकुल निधिका अनुसार आर्थिक वर्ष २०८०-०८१ मा नै यी सामग्री खरिद गर्ने योजना भए तापनि विभिन्न प्रक्रियागत चुनौतीका कारण २०८१-०८२ मा खरिद गरिएको हो । जसले ट्राफिक व्यावस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा कामपाको रहेको छ ।

विज्ञ निधिका अनुसार ट्राफिक कोनको उचाइ ९०० देखि १,००० मिलिमिटरसम्मको छ । पहिले पहिले सडकमा राखिने कोनभन्दा अहिलेको कोनको आकार ठूलो भएकाले सवारी चालकहरूलाई अनुशासित बनाउने अपेक्षा गरिएको छ ।

यी कोनहरू तल प्वालरहित र तीनदेखि पाँच केजी तौलका छन् । यसले बाइक चालकहरूले कोन हटाउने प्रवृत्तिलाई पनि निरुत्साहित गर्ने समेत निधिको भनाइ छ । ‘यी कोनहरू राति पनि स्पष्ट देखिन्छन् । एक सेटमा दुई ट्राफिक कोन र एउटा दुई मिटर लामो टेलिस्कोपिक रिट्र्याक्टेबल बार (जसले दुई कोनलाई जोड्छ) राखिएको छ । यसरी एक हजार २५० सेट खरिद भएका छन्, जसमा कूल २५ सय कोन र एक हजार २५० बार रहेको बताइएको छ ।

उक्त सामग्री मुख्य सडकखण्डमा च्यानलाइजेसनको कमी र दक्षिण एसियाली ड्राइभिङ व्यवहार (खाली ठाउँमा तरल पदार्थजस्तै गाडी चढ्ने प्रवृत्ति) लाई सम्बोधन गर्न सक्ने बताइएको छ ।

अहिले उक्त सामग्रीहरू सिंहदरबारदेखि भद्रकाली, सिंहदरबारदेखि माइतीघर र पद्मोदय मोड । विशेषगरी भद्रकालीबाट सिंहदरबारतिरको क्षेत्रमा लस्कर आकारमा कोन राख्दाविपरीत दिशाबाट आउने सवारीको चापलाई न्यूनीकरण गर्ने हुँदा उक्त स्थानमा राखिएको छ । यसले सहजै बायाँतर्फ मोडिने सवारीले (माइतीघरदेखि भद्रकालीतर्फ) लेन प्रयोग गर्नसक्ने छन् । जसले दुर्घटना र ट्राफिक जामको समस्या घटाउने छ ।

सडक प्रयोगकर्तादेखि व्यवस्थापन गर्ने निकाय हुँदै ट्राफिक प्रहरीसम्म सबैको भूमिका र सहकार्य यसको आधार हो । ट्राफिक व्यवस्थापन गर्न ‘डेटा-आधारित’ वैज्ञानिक दृष्टिकोण, आधुनिक प्रविधि र स्थलगत व्यावहारिक व्यवस्थापन प्रविधिको भूमिका अनिवार्य भएको पनि कामपाको भनाइ छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ७ : ५४ बजे

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला