२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेका पत्रकारलाई काउन्सिलले सहयोग गर्ने



काठमाडौँ । प्रेस काउन्सिल नेपालले मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो गई सडक अवरुद्ध भएको समाचार सङ्कलनका लागि जाँदै गर्दा दुर्घटनामा परेर घाइते भएका पत्रकारलाई आर्थिक सहयोग गर्ने भएको छ ।

काउन्सिल बोर्डको आजको बैठकले पत्रकार अनिल ढकाल, सुजन पौडेल तथा ‘जेनजी’ प्रदर्शनमा समाचार सङ्कलनका क्रममा घाइते भएका पत्रकारलाई काउन्सिलमा रहेको पत्रकार कल्याण कोषबाट सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै, जोखिमयुक्त क्षेत्रमा समाचार सङ्कलन गर्दा सुरक्षा संवेदनशीलता अपनाउन र कुनै दुर्घटना भएको अवस्थामा तत्काल उपचारमा ध्यान दिन सञ्चारमाध्यमलाई आग्रह गरिएको छ । पत्रकार आचारसंहिता प्रतिकूल केही सामग्री सम्प्रेषण भइरहेको र यस्तो प्रवृत्ति बढ्न सक्ने भन्दै आचारसंहिता प्रतिकूल सामग्रीको सूक्ष्म अनुगमन गरी यही महिनाभित्र विज्ञसहितको उपस्थितिमा विस्तृत छलफल गर्ने निर्णय भएको पनि काउन्सिलले जनाएको छ ।

साथै बैठकले यसअघिका प्रदर्शनमा सञ्चारमाध्यममाथि भएका आक्रमणप्रति दुःख व्यक्त गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  १० : ०० बजे

इनिशालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन, थप अनुसन्धानका लागि सीआईबी टोली सुर्खेतमा

काठमाडौं । सुर्खेतमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला

नाबालिका बलात्कारको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा