२ चैत्र २०८२, सोमबार | March 17, 2026

पाकिस्तानलाई हराउँदै लगातार दोस्रोपटक एसिया कपको उपाधि भारतलाई



काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले हात पारेको छ । गएराति यूएईमा सम्पन्न फाइनल खेलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर एक बलमै सबै विकेट गुमाउँदै १४६ रन मात्र जोड्न सक्यो । पाकिस्तानका लागि साहिबजादा फरहानले ३८ बलमा पाँच चौका र तीन छक्कासहित ५७ रन बनाउँदै अर्धशतक प्रहार गरे भने फखर जमनले ४६ रन योगदान गरे । तर, अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नसक्दा पाकिस्तानले मध्यम स्कोरमा सीमित रहनुपर्‍यो ।

बलिङतर्फ भारतका कुलदीप यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । त्यस्तै जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले दुई-दुई विकेट झारे ।

१४७ रनको लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा पाँच विकेट गुमाउँदै १५० रन जोड्यो । भारतका तिलक वर्माले ५३ बलमा ६९ रनको नटआउट अर्धशतकीय इनिङ खेले । शिभम दुबेले ३३ रन र सन्जु सामसनले २४ रन जोडे । पाकिस्तानका लागि फहीम अस्रफले तीन विकेट लिएका थिए भने शाहीन अफ्रिदी र अब्रार अहमदले एक-एक विकेट हात पारे ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ६ : ५२ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित