१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पाकिस्तानलाई हराउँदै लगातार दोस्रोपटक एसिया कपको उपाधि भारतलाई



काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले हात पारेको छ । गएराति यूएईमा सम्पन्न फाइनल खेलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर एक बलमै सबै विकेट गुमाउँदै १४६ रन मात्र जोड्न सक्यो । पाकिस्तानका लागि साहिबजादा फरहानले ३८ बलमा पाँच चौका र तीन छक्कासहित ५७ रन बनाउँदै अर्धशतक प्रहार गरे भने फखर जमनले ४६ रन योगदान गरे । तर, अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नसक्दा पाकिस्तानले मध्यम स्कोरमा सीमित रहनुपर्‍यो ।

बलिङतर्फ भारतका कुलदीप यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । त्यस्तै जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले दुई-दुई विकेट झारे ।

१४७ रनको लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा पाँच विकेट गुमाउँदै १५० रन जोड्यो । भारतका तिलक वर्माले ५३ बलमा ६९ रनको नटआउट अर्धशतकीय इनिङ खेले । शिभम दुबेले ३३ रन र सन्जु सामसनले २४ रन जोडे । पाकिस्तानका लागि फहीम अस्रफले तीन विकेट लिएका थिए भने शाहीन अफ्रिदी र अब्रार अहमदले एक-एक विकेट हात पारे ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ६ : ५२ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज