२० भदौ २०८३, शनिबार | September 5, 2026

आजबाट हलमा ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ प्रदर्शनमा



काठमाडौं । बडादशैँको अवसरलाई लक्षित गर्दै आजबाट तीनवटा नेपाली चलचित्र एकैदिन प्रदर्शनमा आएका छन् । हरिवंश आचार्यको प्रमुख भूमिका रहेको ‘हरिबहादुरको जुत्ता’, समीर भट्ट स्टारर ‘बलिदान’ र धीरज मगर अभिनीत ‘माइतीघर’ दर्शकमाझ रिलिज भएका हुन् ।

दशैँको लामो बिदालाई मध्यनजर गर्दै एकैसाथ तीन चलचित्र प्रदर्शनमा आएका हुन् । मल्टिप्लेक्सहरूले गरेको बाँडफाँटअनुसार सबैभन्दा धेरै शो ‘बलिदान’ लाई दिइएको छ भने ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ ले बराबरी शो पाएका छन् ।

एक्सन ड्रामा ‘बलिदान’ लाई सन्तोष सेनले निर्देशन गरेका हुन् । यसमा समीर भट्टसँगै सौगात मल्ल, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेनकै प्रमुख भूमिका रहेका छन् ।

सोसल ड्रामा-कमेडी ‘हरिबहादुरको जुत्ता’ लाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का र प्रकाश सपूत यसमा देखिएका छन् ।

त्यसैगरी, सोसल ड्रामा ‘माइतीघर’ लाई मिलन तामाङले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशन हो । यसमा धीरज मगर, केदार घिमिरे, उपासना सिंह ठकुरी र प्रकाश सपूत मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ७ : ५० बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी