७ माघ २०८२, बुधबार | January 22, 2026

बाँकेका आधा दर्जनबढी शक्तिपिठहरुबाट बागेश्वरीमा फूलपाती भित्र्याइयो (फोटोफिचर)



नेपालगन्ज । नेपाल सहित बिभिन्न देशमा रहेका नेपाली हिन्दु समुदायको बडा दशैको सातौदिन आश्विन शुक्ल सप्तमीका दिनमा घरघरमा शास्त्रीय विधिअनुसार फूलपाती भित्र्याएका छन् ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा सप्तमीका दिन उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने प्रचलन रहेको छ ।

यसैक्रममा पश्चिम नेपालको महत्वपूर्ण शक्तिपिठको रुपमा रहेको बागेश्वरी मन्दीरमा सोमबार बिहानको शुभसाईतमा फुलपाति भित्र्याईएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको नेतृत्वमा नेपाली सेनाको बज्रदल गण, सशस्त्र प्रहरीको ३० न. बाहिनी, जिल्ला प्रहरी कार्यालय बाँकेलगायतको स्थानबाट विधि पूर्वक ल्याईएको फुलपातिलाई बाजागाजा सहित भित्र्याईएको थियो ।

बागेश्वरी सर्किटलाई प्रतिनिधित्व गर्दै यसवर्षदेखि बाँकेका ८ वटै पालिकामा रहेका शक्तिपिठहरुबाट पनि बागेश्वरी मन्दिरमा फूलपाती भित्र्याइएको छ । खजुराको लक्ष्मीनाराण मन्दिर र मनकामना स्थित दुर्गाकालिका मन्दिर, राप्ती सोनारीको भुँवर भवानी, नरैनापुरको सन्तानेश्वर महादेवबाट बजागाजा र धार्मिक झँकी सहित फूलपाती लिएर बागेश्वरी मन्दिर आइपुगेको थियो ।

फुलपातीको भित्र्याईदै गर्दाको अवसरमा नेपाली सेनाले हर्ष बढाई गरेको थियो । बागेश्वरी मन्दिरमा फुलपातीको बढाई हेर्न सर्वसाधारण भक्तजनहरुको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ९ : ०२ बजे

निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवर्द्धन महासंघको आह्वान

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

बाँकेमा १६ औं शृङ्खलामा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन गराईँदै

नेपालगन्ज । बाँकेमा ६२ प्रतिशत नागरिकको पहुँचमा मात्र हात्तीपाइले रोग

घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ