२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बाँकेका आधा दर्जनबढी शक्तिपिठहरुबाट बागेश्वरीमा फूलपाती भित्र्याइयो (फोटोफिचर)



नेपालगन्ज । नेपाल सहित बिभिन्न देशमा रहेका नेपाली हिन्दु समुदायको बडा दशैको सातौदिन आश्विन शुक्ल सप्तमीका दिनमा घरघरमा शास्त्रीय विधिअनुसार फूलपाती भित्र्याएका छन् ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा सप्तमीका दिन उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने प्रचलन रहेको छ ।

यसैक्रममा पश्चिम नेपालको महत्वपूर्ण शक्तिपिठको रुपमा रहेको बागेश्वरी मन्दीरमा सोमबार बिहानको शुभसाईतमा फुलपाति भित्र्याईएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको नेतृत्वमा नेपाली सेनाको बज्रदल गण, सशस्त्र प्रहरीको ३० न. बाहिनी, जिल्ला प्रहरी कार्यालय बाँकेलगायतको स्थानबाट विधि पूर्वक ल्याईएको फुलपातिलाई बाजागाजा सहित भित्र्याईएको थियो ।

बागेश्वरी सर्किटलाई प्रतिनिधित्व गर्दै यसवर्षदेखि बाँकेका ८ वटै पालिकामा रहेका शक्तिपिठहरुबाट पनि बागेश्वरी मन्दिरमा फूलपाती भित्र्याइएको छ । खजुराको लक्ष्मीनाराण मन्दिर र मनकामना स्थित दुर्गाकालिका मन्दिर, राप्ती सोनारीको भुँवर भवानी, नरैनापुरको सन्तानेश्वर महादेवबाट बजागाजा र धार्मिक झँकी सहित फूलपाती लिएर बागेश्वरी मन्दिर आइपुगेको थियो ।

फुलपातीको भित्र्याईदै गर्दाको अवसरमा नेपाली सेनाले हर्ष बढाई गरेको थियो । बागेश्वरी मन्दिरमा फुलपातीको बढाई हेर्न सर्वसाधारण भक्तजनहरुको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ९ : ०२ बजे

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर