१४ चैत्र २०८२, शनिबार | March 29, 2026

‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’



म्याग्दी । वर्षा कम हुँदै गएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा सेताम्मे हिमशृङखला । रातोमाटो र कमेरो छेपेर रंगिएका घरहरु । खेत, बारीमा लहलह झुलेका धान र कोदोको बाला । लिङ्गे र रोटेपिङमा मच्चिदाको आनन्द ।

शरदयामको मौसमसँगै चाडपर्वले मानिसहरूको मनमा उमङ्ग छाएको छ । सहर बजार र विदेशिएकाहरू दशैँ पर्व मनाउनका लागि जन्मथलो फर्किएपछि म्याग्दीका गाउँघरको चहलपहल ह्वात्तै बढेको छ । रोजगारी, अध्ययन, पेशा र व्यवसायको लागि बजार झरेका र विदेशिएकाहरू जन्मथलो फर्किएपछि गाउँघरमा चहलपहल बढेको मालिका गाउँपालिका-३ का गोविन्द पटेलले बताए ।

‘अघिपछि गाउँघरमा युवाहरू नभएपनि विदेशिएका र सहर पसेका आफन्तहरू गाउँ फर्केपछि रौनक छाएको छ,’ उनले भने, ‘चाडपर्वले वर्षौँपछिका आफन्त, साथीभाइ र इष्टमित्रहरूका मिलन गराउँदा उमङ्ग छाएको छ ।’

छ वटा स्थानीय तहको ४५ वटा वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसंख्या छ । २०६८ साल पछिको दश वर्षमा म्याग्दीको जनसंख्या करिब सात हजार जनाले घटेको हो । गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत, इन्टरनेट सुविधा पुगेपनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिसहरू सहर तथा विदेशिने क्रम बढेको छ । आर्थिक वर्ष २०८१-०८२ मा म्याग्दीका स्थानीय तहहरूमा ८९ परिवार बसाइँसराई गरेर आउँदा दुई सय ४७ परिवारले थातथलो छोडेर अन्यत्र गएका छन् ।

अन्य समय विद्यालय उमेरका बालबालिका र ज्येष्ठ नागरिकहरू बढी भेटिने ग्रामीण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसहरूको चहलपहल बढेको छ । धवलागिरी गाउँपालिका-७ ताकमका सुनेश केसी पाँच वर्षपछि दशैँ मनाउन कोरियाबाट जन्मथलो आएका हुन् ।

‘चाडपर्वको समयमा विदेशमा गाउँघर सम्झिएर न्यास्रो लाग्थ्यो,’ उनले भने, ‘उकालीओराली गरेका भूगोल, सँगै पढेका साथीभाइ, आफन्तजन र छिमेकीहरूसँगको आत्मियता कहिल्यै भुल्न नसकिने रहेछ ।’

सहरबजार र विदेशको चाडपर्व घर र परिवारमा सीमित हुन्छ । गाउँघरको चाडपर्वमा मौलिकता र संस्कृति लुकेको हुुन्छ । आफन्त साथीभाइ र इन्टमित्रहरुको भेटघाटले विगतको स्मरण गराई नयाँ योजना बनाउन सघाउने बेनी नगरपालिका-५ का दिनेश बानियाँले बताए ।

दशैँको नवदुर्गाका गरिने पुजा, कोतमा लाग्ने मेला, पिङ खेल्न पाउनु गाउँघरको दशैँको विषेश महत्व हुने दशैँ मनाउनका लागि बेनीबाट दशैँ मनाउन जन्मथलो रघुगङ्गा-४ दग्नामस्थित घरमा गएकी सोनालिका गर्बुजाले बताइन् ।

‘बच्चा हुँदाको झल्को मेटाउन गाउँ आएर लिङ्गे पिङ हालेका छौँ,’ पोखराबाट दशैँ मनाउन धवलागिरी गाउँपालिका-७ हिलापोखरीस्थित जन्मथलोमा आएका खुम पुनले भने, –बाँसको लिङ्गो गाडेर, बाबियोको डोरी बुनेर हालेको पिङमा चचच… हुइइइइ गर्दै मच्चिनुको मज्जै बेग्लै हुन्छ ।’

गाउँको बाटोघाटो र सार्वजनिकस्थल श्रमदान गरेर सरसफाई गरेका छन् । प्रायःजसो गाउँका कोतघरहरुमा महानवमीको दिनमा मेला लाग्ने गर्छ । बाइसेचौबीसे राज्यका पालाका ज्यामरुक, भगवति, ताकम, बेनी, घतान लगायतका कोतघरमा लाग्ने मेलाले अझै निरन्तरता पाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ७ : २१ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको