१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प, २२ जनाको मृत्यु



काठमाडौं । फिलिपिन्समा गएको ६.९ म्याग्निच्युडको भूकम्पले कम्तीमा २२ जनाको मृत्यु भएको छ । मंगलबार राति सेबु प्रान्तको बोगो सहर नजिकै केन्द्रविन्दु भएर गएको भूकम्पले मध्य फिलिपिन्सलाई हल्लाएको हो ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्प स्थानीय समय अनुसार राति ९ः५० बजे आएको थियो । टापुको उत्तरी छेउमा पर्ने बोगो सहर नजिकै ९० हजार मानिसको बसोबास रहेको क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ ।

स्थानीय उद्धारकर्मीका अनुसार, बोगोमा मात्र १३ जनाको मृत्यु भएको छ, जसमा चार बालबालिकासमेत रहेका छन् । त्यहाँ तीनजनाको घर पहिरोले पुरिएको थियो । छिमेकी सान रेमिगियो नगरपालिकामा पाँच जनाको र ताबुएलानमा एकजनाको मृत्यु भएको पुष्टि भएको छ ।

सान रेमिगियोको एक खेलकुद केन्द्रमा छत भत्किँदा चार जनाको मृत्यु भएको छ, जसमा तीन जना कोस्टगार्ड सदस्य रहेको अधिकारीहरूले बताएका छन् ।

भूकम्पपछि हालसम्म ३७९ भन्दा बढी परकम्प आएको फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ६ : ५६ बजे

२७ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट

बुटवल उद्योग वाणिज्य संघको ७३ औं स्थापना दिवस : पूर्वअध्यक्ष लाकौललाई सम्मान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद

चितवन-३ मा कस्तो छ चुनावी माहोल ?

चितवन । चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र

बजेटलाई यथार्थपरक ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा

निर्वाचन स्थगित गराउने प्रयास हुँदैछन्, निर्धारित समयमै हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले