६ पुस २०८२, आइतबार | December 21, 2025

कपिलवस्तुको वनकसवासामा यात्रुबाहक बस दुर्घटना, ३६ जना घाइते



बुटवल । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

ना ८ ख ५७०३ नम्बरको बस शनिबार बिहान करिब ५:३० बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो। प्रहरीका अनुसार दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् ।

घाइतेमध्ये १५ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

बस सडक छेउमा पल्टिनु दुर्घटनाको कारण भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ९ : ०२ बजे

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा

मधेस प्रदेशमा आज सभामुख चयनका लागि मतदान हुँदै, दुई उम्मेदवार मैदानमा

काठमाडौं । मधेस प्रदेशमा सभामुख चयनका लागि आज आइतबार मतदान