१३ असार २०८३, शनिबार | June 27, 2026

प्रतिकुल परिस्थितिका कारण भोलि र पर्सि सार्वजनिक बिदा



काठमाडौं । देशभर निरन्तर परेको अविरल वर्षाका कारण उत्पन्न प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले आइतबार र सोमबार (भोलि र पर्सि) दुई दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका अनुसार राजमार्गहरूमा खसेका पहिरो, अवरुद्ध यातायात र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको हो।

सप्तमीदेखि सुरु भएको दसैं बिदा सकिएपछि सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तयारीमा रहेका थिए।

त्यस्तै, गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूसँग सुरक्षा अवस्थाबारे विशेष बैठक सम्पन्न भएको छ। बैठकले उच्च जोखिममा रहेका बस्तीहरूमा सुरक्षाकर्मीहरू परिचालन गर्ने र सम्भावित जोखिम व्यवस्थापनका लागि नेपाली सेनालाई समेत आकस्मिक उद्धार कार्यमा तत्पर अवस्थामा राख्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ३ : २२ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट