४ आश्विन २०८३, आइतबार | September 20, 2026

राजमार्गमा रोकिएका यात्रुको व्यवस्थापन गर्न आग्रह



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राजमार्गमा रोकिएका यात्रुलाई सुरक्षित स्थानमा राख्दै खानपान र स्वास्थ्योपचारलगायत आवश्यक बन्दोवस्त गर्न आग्रह गरेको छ ।

प्राधिकरणले आज सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अलपत्र यात्रुलाई सम्बन्धित स्थानीय तह, यातायात व्यवसायी एवं सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा आवश्यक सहयोग गर्न आग्रह गरेको हो ।

सरकारले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेको र त्यसबाट उत्पन्न हुनसक्ने बाढी, पहिरो र डुबानजन्य विपद्लाई दृष्टिगत गरी सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधनको आवतजावतमा आजदेखि असोज २० गतेसम्म रोक लगाएको छ ।

यसरी रोक लगाइएको सूचना जारी हुनुअघि नै गन्तव्यतर्फ प्रस्थान गरेका केही यात्रुहरु राजमार्गमै रोकिएको जानकारी प्राप्त भएपछि यस्तो आग्रह गरिएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ६ : ०० बजे

एकलैनी बजारबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित २ दाजुभाई पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत