२८ कार्तिक २०८२, शुक्रबार | November 15, 2025

बुटवल-तानसेन सडक खण्डमा आजदेखी २० गते सम्म अत्यावश्यक बाहेकका सवारी साधनमा रोक



पाल्पा । लगातारको वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि पाल्पा जिल्लामा असोज १८ देखि २० गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले तीन दिनका लागि सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बनु बज्राचार्य कुँवरका अनुसार वर्षासँगै पहिरोको जोखिम उच्च रहेकाले उक्त निर्णय गरिएको हो । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउँ गाउँपालिका-३ सिद्धबाबा सडकखण्ड, बिसमाइल फुलस्थित सडकखण्ड, तिनाउँ गाउँपालिका-५ चरचरे र हिउँदे खोला क्षेत्र, पाल्पा-गुल्मी सडकखण्ड तथा कालीगण्डकी करिडोरमा पहिरो खस्ने सम्भावना रहेकाले अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

बैठकले असोज १८ देखि २० गतेसम्म लामो तथा छोटो दूरीका सवारी साधन नचलाउन यातायात व्यवसायीहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ । साथै सम्भावित विपद् व्यवस्थापनका लागि उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन स्थानीय तहहरूलाई पनि सचेत गराइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ६ : ५२ बजे

स्वदेश फर्किए देउवा दम्पती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुरबाट काठमाडौँ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या, मकवानपुरमा गोली हानी पुजारीको हत्या

धनुषा । मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको

मतदाता नामावली दर्ता गर्ने म्याद मंसिर ५ गतेसम्मका लागि थपियो

काठमाडौं । मतदाता नामावली दर्ता गर्नेहरुको भीड दिनप्रतिदिन बढ्न थालेपछि

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै