१३ माघ २०८२, मंगलबार | January 27, 2026

‘विद्युतीय संरचनामा क्षतिपुग्न नदिन उच्च सतर्कता अपनाइएको छ’



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षापछि हुने बाढीपहिरो तथा डुबानका कारण विद्युतीय संरचनामा क्षति पुग्न नदिन उच्च सतर्कता अपनाइएको जनाएको छ । विद्युतीय संरचनामा क्षति पुग्न नदिन र विद्युत सेवा अवरुद्ध भएमा मर्मतसम्भार गरी तत्कालै सेवा सञ्चालन गर्न कर्मचारीलाई तयारी अवस्थामा राखिएको पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले विपद्का कारण ‘ग्रिड सबस्टेसन’, विद्युत् उत्पादनगृह र वितरण सबस्टेसनलगायत संरचनामा हुनसक्ने सम्भावित क्षतिलाई आकलन गरी पूर्वतयारी गरिएको बताए ।

‘विद्युतगृहको बाँधस्थलमा रहेका गेट सञ्चालनका लागि एक सिफ्टमा ३÷३ जना कर्मचारी खटिन गरेकोमा हाल ६÷६ जना जना रहने व्यवस्था गरिएको छ । डुबान भएमा पानी फाल्न पम्पहरू तयारी अवस्थामा राखिएका छन् । पहिरोको खतरा भएका ठाउँमा पनि सतर्कता अपनाइएको छ”, उनले भने,“विद्युतीय संरचनामा क्षति पुगेमा तुरुन्तै सम्बन्धित वितरण केन्द्र, नो लाइट वा सहायता कक्ष एवम् हटलाइन नम्बर ११५० मा जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।”

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १० : ३६ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य