२२ भदौ २०८३, सोमबार | September 7, 2026

जेन जी प्रदर्शनको क्रममा फरार कैदीबन्दी धमाधम पक्राउ पर्दै



नेपालगन्ज । जेन जी प्रदर्शनका क्रममा फरार भएका कैदीबन्दीहरुलाई बाँके प्रहरीले खोजि र पक्राउ गर्न सुरु गरेको छ । फरार कैदीबन्दीहरुलाई आफै हाजिर हुन आह्वान गरेको प्रहरीले आफै उपस्थित नभएपछि खोजि र पक्राउ गर्न थालेको हो ।

जेन जी प्रदर्शनको प्रदर्शनको मौका पारि नौबस्ता कारागारबाट भागि फरार रहेका नेपालगन्ज ९ काँकेगाउँका ज्यान मार्ने उद्योग मुद्दामा थुनुवा रहेका २६ वर्षिय हरकेश खाटिक र खजुरा ६ सिमलघारीका लागू औषध मुद्दामा ५ वर्ष ६ महिना कैद सजाय तोकिएका २३ वर्षिय मनोज चंदरालाई पक्राउ गरि नौबस्ता कारागारलाई बुझाईएको प्रहरीले जनाएको छ ।

त्यस्तै कोहलपुर ३ मैटहवाबाट मुगु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ज्यान मार्ने उद्योग मुद्धाको प्रतिवादी जिल्ला मुगु सोरु ३ का ४५ वर्षिय डिल बहादुर धामीलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरि आवश्यक कारबाही अगाडी बढाएको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीले बताए ।

प्रहरीले लागू औषध मुद्दामा बाँके जिल्ला अदालतले ४ वर्ष १ महिना कैद र ५ हजार जरिवाना फैसला भएकी खजुरा ४ डि गाउँकी २० वर्षिया गंगा कुमारी खड्‌कालाई पनि पक्राउ गरिएको डीएसपी पतालीले जानकारी दिए ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ४ : १६ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा