१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सुनको मूल्य २ लाख ३३ हजार पुग्यो



काठमाडौं । दशैं सकिए लगत्तै सुनको भाउ तोलामा करिब १० हजार रुपैयाँले बढेको छ । नेपाली बजारमा दशैंका कारण केही दिन मूल्य समायोजन नगरिए पनि दशैं सकिए लगत्ते गरिएको समायोजनमा मूल्य बढेको हो ।

दशैंपछि एकैपटक समायोजन हुँदा मूल्यमा उच्च वृद्धि देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दशैंअघि असोज १२ गते सुनको भाउ प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँ रहेकोमा ९ हजार ९ सय रुपैयाँ बढेर आज सोमबार २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको छ ।

आइतबारको तुलनामा आज २ हजार ५ सय रुपैयाँ मूल्य बढेको हो । अघिल्लो दिन २ लाख ३० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको आजको मूल्य हालसम्मकै उच्च हो ।

चाँदी दशैंपछि प्रतितोला १५० रुपैयाँ बढेको छ । असोज १२ गते प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार २ हजार ९६० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३० रुपैयाँले चाँदीको मूल्य बढेको हो ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  १२ : १८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा