२३ श्रावण २०८३, शनिबार | August 9, 2026

नेपालको दोस्रो जित, कतार १६ रनले पराजित



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा कतारलाई १६ रनले पराजित गरेको छ ।

ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्ड टर्फ-२ मा सोमबार सम्पन्न खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा सात विकेट गुमाएर १७० रन बनाएको थियो ।

लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १५४ रन मात्र बनाउन सक्यो ।

कतारका मोहम्मद तनबिरले ३७ बलमा तीन चौका र दुई छक्कासहित ५१ रन, मिर्जा मोहम्मद बेगले २७ बलमा चार छक्कासहित ४० रन, र मोहम्मद असिमले ३० रनको योगदान दिए ।

नेपालका तर्फबाट करण केसीले तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी र नन्दन यादवले समान एक-एक विकेट हात पारे ।

यसअघि ब्याटिङमा उत्रिएको नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ३३ बलमा ५६ रनको अर्धशतकीय योगदान गरे । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २१ बलमा एक चौका र तीन छक्कासहित ३८ रन, र कुशल मल्लले २९ बलमा एक चौका र दुई छक्कासहित ३८ रनमा अविजित रहे ।

अन्य खेलाडीहरूमा आरिफ शेखले १३, ओपनर आसिफ शेखले ११ र कप्तान रोहित पौडेलले ८ रन जोडे । कतारका लागि शरिक मुनिर र मोहम्मद इक्रामउल्लाहले समान दुई-दुई विकेट लिए ।

यसअघि नेपालले पहिलो अभ्यास खेलमा ओमानलाई हराउँदै विजयी सुरुवात गरेको थियो । अभ्यास खेलहरूमार्फत नेपालले आगामी टी-२० विश्वकप एसिया छनोटका लागि अन्तिम तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ८ : १५ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी