२८ कार्तिक २०८२, शुक्रबार | November 15, 2025

नेपालको दोस्रो जित, कतार १६ रनले पराजित



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा कतारलाई १६ रनले पराजित गरेको छ ।

ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्ड टर्फ-२ मा सोमबार सम्पन्न खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा सात विकेट गुमाएर १७० रन बनाएको थियो ।

लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १५४ रन मात्र बनाउन सक्यो ।

कतारका मोहम्मद तनबिरले ३७ बलमा तीन चौका र दुई छक्कासहित ५१ रन, मिर्जा मोहम्मद बेगले २७ बलमा चार छक्कासहित ४० रन, र मोहम्मद असिमले ३० रनको योगदान दिए ।

नेपालका तर्फबाट करण केसीले तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी र नन्दन यादवले समान एक-एक विकेट हात पारे ।

यसअघि ब्याटिङमा उत्रिएको नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ३३ बलमा ५६ रनको अर्धशतकीय योगदान गरे । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २१ बलमा एक चौका र तीन छक्कासहित ३८ रन, र कुशल मल्लले २९ बलमा एक चौका र दुई छक्कासहित ३८ रनमा अविजित रहे ।

अन्य खेलाडीहरूमा आरिफ शेखले १३, ओपनर आसिफ शेखले ११ र कप्तान रोहित पौडेलले ८ रन जोडे । कतारका लागि शरिक मुनिर र मोहम्मद इक्रामउल्लाहले समान दुई-दुई विकेट लिए ।

यसअघि नेपालले पहिलो अभ्यास खेलमा ओमानलाई हराउँदै विजयी सुरुवात गरेको थियो । अभ्यास खेलहरूमार्फत नेपालले आगामी टी-२० विश्वकप एसिया छनोटका लागि अन्तिम तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ८ : १५ बजे

स्वदेश फर्किए देउवा दम्पती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुरबाट काठमाडौँ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या, मकवानपुरमा गोली हानी पुजारीको हत्या

धनुषा । मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको

मतदाता नामावली दर्ता गर्ने म्याद मंसिर ५ गतेसम्मका लागि थपियो

काठमाडौं । मतदाता नामावली दर्ता गर्नेहरुको भीड दिनप्रतिदिन बढ्न थालेपछि

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै