२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

च्याम्पियन बन्ने लक्ष्यसहित नेपाल आज सामाओसँग खेल्दै



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर-६ मा नेपालले आज आफ्नो अन्तिम खेल खेल्दै छ । लगातार तेस्रो जित निकालेको नेपालले आज प्रतियोगिताको अन्तिम खेल सामाओविरुद्ध खेल्दै छ । नेपालले सामाओविरुद्ध जित निकाले विश्वकपको टिकट प्रतियोगिताको उपाधिसमेत घर ल्याउनेछ ।

दुई खेल अगावै विश्वकपमा स्थान पक्का गरेको नेपाल उपाधिको एक कदम टाढा छ । बुधबार राति बलियो टिम ओमानलाई ३८ रनले हराएपछि नेपालको उपाधि जित्ने सम्भावना अझ बलियो बनेको हो ।

सुपर सिक्सको अंक तालिकामा नेपाल ८ अंकसहित शीर्ष स्थानमा रहेको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः यूएई र ओमान ६-६ अंकसहित छन् । यूएईको खेल सकिए पनि ओमानले आजै अन्तिम खेलमा जापानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले आज शुक्रबार सामाओलाई पराजित गर्न सके अपराजित रहँदै १० अंकसहित छनोटको उपाधि हात पार्नेछ । नेपाल, ओमान र यूएईले यसअघि नै विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेका छन् ।

आजको खेल नेपालका लागि फाइनल सरह हुनेछ । नेपाल शीर्ष स्थानमा छ भने सामाओ कुनै अंक बिना पुछारमा छ । कप्तान रोहित पौडेलले ओमानमाथिको जितपछि अबको लक्ष्य उपाधि जित्ने रहेको बताएका छन् ।

तेस्रो पटक विश्वकपमा छनोट भएको नेपाल पहिलो पटक छनोट चरणको उपाधि उचाल्ने तयारीमा छ । उपाधिका लागि नेपालले आज दिउँसो ४:१५ बजे ओमानको अल अमेरात मैदानमा सामाओसँग प्रतिस्पर्धा गर्नेछ ।

यदि नेपालले सामाओलाई पराजित गर्न सके उपाधि अपराजित रहँदै आफ्नो नाममा राख्नेछ । नेपाल पराजित भई ओमानले जापानलाई हराएमा भने रनरेटका आधारमा शीर्ष स्थानमा रहेको टोली विजेता हुनेछ । तर ओमान जापानसँग पराजित भए नेपालले सामाओसँगको खेल नतिजा जे भए पनि उपाधि जित्नेछ ।

जापान र ओमानबीचको खेल आज बिहान ११:४५ बजेबाट सुरु हुँदैछ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : २० बजे

रोल्पामा मिनी ट्रक दुर्घटना, एकको घटनास्थलमै मृत्यु

दाङ । रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एक

निर्धक्क भएर सम्पत्तिको स्रोत देखाउनुस् : छानबिन आयोग अध्यक्ष भण्डारी

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने दायरामा रहेका

बुटवलबाट काठमाडौं जाँदै गरेको बसबाट भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

बुटवल । प्रहरीले भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

रास्वपाका विपिन आचार्यको माग – शून्य समयलाई सरकारले सुन्दैन भने ब्ल्याक होल समय भनौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ