२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

ओमानमाथि नेपालको सानदार जित, सुपर-६ को शीर्ष स्थानमा उक्लियो नेपाल



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया-प्यासिफिक क्षेत्रीय फाइनलको सुपर-६ चरणमा लगातार तेस्रो जित निकाल्दै नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । बुधबार ओमानको अल अमेरातमा सम्पन्न खेलमा नेपालले घरेलु टोली ओमानलाई ३८ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

यस जितसँगै नेपालले सुपर-६ चरणमा आठ अंक जोड्दै तालिकाको शिखरमा स्थान बनाएको छ । दोस्रो स्थानमा ६ अंकसहित आयोजक ओमान रहेको छ । नेपालले अब प्रतियोगिताको अन्तिम खेल शुक्रबार समोअविरुद्ध खेल्नेछ ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५१ रनको योगफल बनाएको थियो । कुशल भुर्तेलले उत्कृष्ट अर्धशतक प्रहार गर्दै टोलीको इनिङ्स सम्हाले । उनले ५१ बलमा सात चौका र एक छक्कासहित ६९ रन जोडे । यो भुर्तेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट करिअरको १३औँ अर्धशतक र जारी प्रतियोगिताको दोस्रो अर्धशतक हो ।

ओपनर आसिफ सेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान दिए । यी दुईले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुआत दिलाएका थिए । गुल्सन झाले ९ बलमा दुई छक्कासहित १८ रन र मोहम्मद आदील आलमले १५ बलमा १६ रन जोडे ।

ओमानका नदीम खानले चार ओभरमा २० रन खर्चेर चार विकेट लिए। सुफयान मेहमुद र जितेन रमानन्दीले समान दुई-दुई विकेट हात पारे ।

१५२ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ११३ रनमात्र बनाउन सक्यो । ओमानका विनायक शुक्लाले ३२ रन, मोहम्मद नदीमले २५ रन, कप्तान जतिन्दर सिंहले १४ रन र आर्यन बिष्टले ११ रन बनाए ।

नेपालका गुल्सन झाले तीन विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले दुई-दुई विकेट झारे । सन्दीप लामिछानेले एक विकेट हात पारे ।

यसअघि नेपालले सुपर-६ चरणमा यूएईविरुद्ध एक रन र कतारविरुद्ध पाँच रनको जित निकालेको थियो । समूह चरणमा नेपालले कुवेतलाई ५८ रनले र जापानलाई पाँच विकेटले हराएको थियो ।

नेपालले यसअघि नै आगामी वर्ष हुने टी-२० विश्वकपमा स्थान सुनिश्चित गरिसकेको छ । समग्रमा नेपाल तेस्रो पटक विश्वकपमा सहभागी हुन लागेको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ मा टी*२० विश्वकप खेलेको थियो ।

ओमानले पनि विश्वकपका लागि आफ्नो स्थान पक्का गरिसकेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  १२ : १३ बजे

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि