५ फाल्गुन २०८२, मंगलबार | February 18, 2026

अख्तियार प्रमुख राईको राजीनामा माग्दै जेनजी अलायन्सले बुझायो दबाबपत्र



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै ‘जेनजी मुभमेन्ट अलायन्स’ले मंगलबार आयोगमा दबाबपत्र बुझाएको छ ।

विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको जेनजी मुभमेन्ट अलायन्सका नेताहरु मंगलबार बिहान कार्यालय समय सुरु भएलगत्तै अलायन्समा आवद्ध समूह टंगालस्थित अख्तियार मुख्यालय पुगेका थिए ।

उनीहरूले आयोगका प्रमुख र अन्य आयुक्तहरूलाई “नैतिक जिम्मेवारीका आधारमा तत्काल राजीनामा दिन” आग्रह गर्दै औपचारिक निवेदन दर्ता गराएका हुन् ।

दर्ता गराइएको पत्रमा भनिएको छ, “कुशासन, भ्रष्टाचार र दण्डहीनताको अन्त्यका लागि ७५ जना नेपाली नागरिकले दिएको बलिदानलाई सम्मान गर्दै हामी तपाईंलगायत सम्पूर्ण आयुक्तहरूलाई तत्काल राजीनामा दिन आह्वान गर्दै यो दबाबपत्र पेश गर्दछौं।”

अलायन्सले प्रमुख आयुक्त राईमाथि भ्रष्टाचारका विभिन्न मुद्दामा मुछिएको र विशेष अदालतले समेत उनको भूमिका र अख्तियारको कार्यप्रणालीमाथि प्रश्न उठाएको उल्लेख गरेको छ ।

पत्रमा भनिएको छ, “तपाईंका कार्यहरू राजनीतिक रूपमा पक्षपाती रहेको आरोप प्रशस्तै छन् । वाइडबडी घोटालालगायतका अनेकौं भ्रष्टाचार प्रकरणमा तपाईंको नाम समेत मुछिएको तथ्य सार्वजनिक छ, जसले अख्तियारप्रतिको जनविश्वास घटाएको छ।”

त्यसैगरी, पत्रमा थप भनिएको छ, “विशेष अदालतले समेत अख्तियारको निष्पक्षतामाथि प्रश्न उठाइसकेको सन्दर्भमा तपाईंको नेतृत्वमा संस्थाले निष्पक्ष रूपमा काम गर्न सक्ने विश्वास गर्ने आधार देखिँदैन।”

अलायन्सले अख्तियारको विश्वसनीयता पुनःस्थापना गर्न र भ्रष्टाचारविरुद्धको लडाइँलाई सशक्त बनाउन वर्तमान नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष दिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ११ : ५८ बजे

सैनामैनाबाट चोरीको स्कुटर र गरगहना सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट चोरीको स्कुटर र सुनका गहनाहरु सहित

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

भक्तपुर । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार