१२ माघ २०८२, सोमबार | January 26, 2026

मलेसियाविरुद्धको अन्तिम खेलमा जितका लागि मैदानमा उत्रियो नेपाली महिला टोली



काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँचौं तथा अन्तिम टी-२० खेल आज खेल्दैछ । सिरिजमा दुवै टोलीले दुई-दुई खेल जितेका कारण आजको खेल निर्णायक बनेको छ ।

मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले अहिले बलिङ गर्दैछ । यस खेललाई सिरिजको “फाइनल” मानिएको छ, किनभने आज जित्ने टोलीले सिरिजको उपाधि हात पार्नेछ ।

नेपालको प्लेइङ-११ मा कप्तान इन्दु बर्मा र उपकप्तान पुजा महतोसहित रुबिना क्षेत्री, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, रचना चौधरी, रुबी पोद्दार, कविता कुँवर र सुमन बिष्ट रहेका छन् ।

नेपालले यसअघि सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै दुई खेलमा जित हासिल गरेको थियो भने मलेसियाले पनि समान संख्या खेलमा विजयी हुँदै प्रतिस्पर्धा बराबरीमा ल्याएको हो ।

आजको भिडन्तमा दुवै टोलीले आक्रामक रणनीति अपनाउने अनुमान गरिएको छ। नेपालले बलिङमा सुरुवात राम्रो गरे जित आफ्नो पक्षमा पार्ने सम्भावना बलियो रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ७ : ५७ बजे

गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने पार्टी केन्द्रको निर्णय सबैले पालना गर्नुपर्छ : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३

बेलहिया नाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत

रुपन्देही । रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा । झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना