२१ बैशाख २०८३, सोमबार | May 4, 2026

मलेसियाले नेपाललाई दियो १०४ रनको लक्ष्य



काठमाडौं । टी-२० महिला क्रिकेट सिरिजको फाइनल खेलमा मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार बिहान मलेसियाको घरेलु मैदान वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०३ रनको योगफल तयार गर्‍यो ।

मलेसियाका लागि विन्डर डानिया टोलीका शीर्ष स्कोरर बनिन् । उनले ४० रनको योगदान दिइन् भने माहिरा इज्जाइले १९ रन बनाइन् ।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै मलेसियालाई सस्तैमा रोक्न सफल भए । राजमती ऐरीले तीन विकेट लिएर मलेसियाको ब्याटिङ लाइनअपलाई दबाबमा पारिन् । उनले तीन ओभर बलिङ गर्दै १५ रन मात्र खर्चिन् । त्यस्तै, कविता कुँवरले चार ओभरमा १६ रन खर्चेर दुई विकेट हात पारिन् । अर्का बलर रचनाकुमारी चौधरीले एक विकेट लिएर मलेसियाको पारी समेट्न सहयोग गरिन् ।

अब नेपालले सिरिज जित्नका लागि १०४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गरिसकेको छ ।

आजको खेल निर्णायक भएकाले जसले जित्नेछ, उसैले टी-२० सिरिजको उपाधि हात पार्नेछ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ९ : ३४ बजे

दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो

२८ नागरिक अगुवाको निस्कर्ष – बालेन्द्र सरकार सर्वसत्तावाद उन्मुख

काठमाडौं । २८ जना नागरिक अगुवाहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

राष्ट्रपतिबाट फिर्ता अध्यादेश पुनः जारी गर्न जस्ताको त्यस्तै सिफारिस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै