१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

भक्तपुर नगरपालिकाले निर्धारण गर्यो पञ्चाङ्ग निर्णायक समितिको भन्दा तिहारको फरक साइत



भक्तपुर । भक्तपुरका नेवार समुदायले यसवर्षको तिहारमा कात्तिक ४ गते म्हः पूजा र ५ गते किजा पूजा (भाइटीका) मनाउने भएको छ ।

आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यसवर्षको तिहार (स्वन्ती) मनाउने विषयमा तलेजुका पुजारीहरू तथा ज्योतिषहरू डा वीरेन्द्रप्रसाद कायष्त र केदारप्रसाद दैवज्ञ जोशीसहितको उपस्थितिमा छलफल गरी यस्तो निणय गरेको हो ।

तलेजुका पुजारीहरूको सुझाव र तिथिअनुसार २०८२ कात्तिक २ गते आइतबार काग तिहार, ३ गते सोमबार बिहान कुकुर तिहार, दिउँसो ३ बजेपछि औंशी तिथि लाग्ने हुँदा साँझ लक्ष्मी पूजा गर्ने, कात्तिक ४ गते मङ्गलबार दिउँसो ४ः२९ बजेपछि कछला थ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हा पूजा गर्ने र ५ गते साँझ ६ः२० बजेपछि द्वितीया तिथि पर्ने भएकाले किजा पूजा अर्थात् भाइटीका गर्ने निर्णय गरेको हो ।

पञ्चाङ्ग निर्णायक समितिले भने कात्तिक ४ गते खाली, ५ गते म्हः पूजा र ६ गते बिहीबार किजा पूजा अर्थात् भाइटीका गर्नेगरी साइत सार्वजनिक गरेको छ । भक्तपुर नगरपालिकाले केही वर्षयता पञ्चायन निर्णायक समितिले सार्वजनिक गरेको तिथिमितिअनुसार तिहार नमानेर भक्तपुरको तलेजुका पुजारी र ज्योतिषहरूले गरेको निर्णयानुसार तिहारको पर्वहरू मनाउने निर्णय गरी सोहीअनुसार गर्न आह्वान गर्दै आएको छ ।

सोही अनुरूप यसवर्ष पनि बसेको बैठकबाट भक्तपुर नगरपालिकाले पञ्चायन निर्णायक समितिको निर्णयभन्दा फरक तिथिमिति सार्वजनिक गर्दै सोहीअनुसार तिहार मनाउन आह्वान गरेको हो । यस्तो निर्णयमा भक्तपुरका नेवार समुदायले केहीले नगरपालिकाको निर्णयानुसार तिहार मनाउने र केहीले पञ्चायन निर्णायक समितिको निर्णयानुसार तिहार मनाउँदै आएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ९ : १२ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो