२४ असार २०८३, बुधबार | July 9, 2026

निर्वाचनको तयारीबारे आयोगले गरायो राष्ट्रपतिलाई जानकारी



काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएको छ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले बिहीबार शीतल निवास पुगेर राष्ट्रपति समक्ष आयोगको तर्फबाट निर्वाचन तयारीको अवस्था र आगामी कार्य योजना प्रस्तुत गरेका हुन्।

निर्वाचन आयोगले आज एक बिज्ञप्ति प्रकाशित गर्दै आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न गरिएका तयारी, स्रोतसाधन व्यवस्थापन र भावी कार्यक्रमबारे राष्ट्रपतिलाई अवगत गराएको जनाएको छ ।

भण्डारीले राष्ट्रपतिलाई प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न आयोगले आवश्यक स्रोतसाधन र जनशक्ति सुनिश्चित गर्न प्रधानमन्त्री सुशीला कार्की तथा सम्बन्धित विभागीय मन्त्रीहरूसँग छलफल सम्पन्न गरिसकेको जानकारी गराएको बिज्ञप्तिमा उल्लेख छ ।

मितव्ययी ढङ्गले निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोतसाधन तथा जनशक्ति उपलब्ध गराइने र निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइने आश्वासन सरकारको तर्फबाट प्राप्त भएको पनि भण्डारीले राष्ट्रपतिलाई सुनाएका थिए।

आयोगले आन्तरिक प्रशासनिक तयारीलाई समेटेर तयार पारेको कार्य योजना अनुसारका कामहरू योजनाबद्ध रूपमा अघि बढाइरहेको समेत कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिएका छन्।

उनले आयोगले निकट भविष्यमा राजनीतिक दल र सरोकारवालाहरूसँग छलफल गरी बाँकी कार्यहरू अघि बढाउने कार्यक्रम तय गरेको पनि बताए।

त्यसैगरी संशोधित मतदाता नामावली ऐन, २०७३ अनुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य पनि सुचारु रूपमा जारी रहेको आयोगले जनाएको छ।

राष्ट्रपति पौडेलले आयोगलाई निर्वाचनमा सबै नागरिकहरूको सहभागिता सुनिश्चित हुने वातावरण तयार गर्न निर्देशन दिए ।

साथै राजनीतिक दल र सरोकारवालाहरूसँग तत्काल छलफल अघि बढाई तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी समयमै पूरा गर्न आग्रह गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले स्वीकृत कार्य योजनाअनुसार आगामी दिनमा निर्वाचन आचारसंहिता निर्धारण र कार्यान्वयन, उम्मेदवारको मनोनयन दर्ता, छानबिन, अन्तिम नामावली प्रकाशन तथा मतदानलगायतका कार्यक्रमहरू राजनीतिक दल र सरोकारवालाहरूसँग परामर्श गरेर तय गरिने जनाएको छ।

शीतल निवासमा भएको उक्त भेटवार्तामा आयोगका आयुक्तहरू जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा, आयोगका सचिव महादेव पन्थ, राष्ट्रपति कार्यालयका सचिव डा। दीपक काफ्ले र राष्ट्रपतिका विज्ञ सल्लाहकारहरू पनि उपस्थित थिए।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ९ : ५४ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको