१९ माघ २०८२, सोमबार | February 2, 2026

अस्थायी तथा करारमा कर्मचारी नराख्ने निर्णय करार शिक्षकको हकमा लागु नहुने



काठमाडौं । सरकारले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने भन्दै अस्थायी तथा करारमा कर्मचारी नराख्ने निर्णय गरेपनि करार शिक्षकको हकमा भने सो निर्णय लागु लागू नहुने भएको छ ।

अर्थ मन्त्रालयको गत असोज ७ को अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा भएको विज्ञप्तिको बुँदा नम्बर (५) को संगठन संरचना सुधार अन्तर्गतको बुँदा (ज) मा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने भनिएको थियो ।

यस निर्णयबाट कतिपय स्थानीय तह र विद्यालयको कामकाज नै ठप्प हुने अवस्था आएपछि स्थानीयतहबाट शिक्षा मन्त्रालयलाई प्रश्न गरिएको थियो । स्थानीयतह र शिक्षक दरबन्दी नभएका विद्यालयहरुमा समस्या उत्पन्न हुने देखिएपछि भने शिक्षा मन्त्रालयले उक्त बुँदा शिक्षकको हकमा आकर्षित नहुने परिपत्र गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरी उक्त बुँदा शिक्षकको हकमा आकर्षित नहुने जनाएको हो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १ : ५२ बजे

राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीले गरे शिष्टाचार भेट

काठमाडौं । जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग

राष्ट्रियसभा : सदाचार नीति छिट्टै ल्याउन आग्रह

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले सदाचार नीति लागू हुन नसक्दा

राष्ट्रियसभामा प्रधानमन्त्रीको पहिलो सम्बोधन : तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा स्वच्छ, निष्पक्ष र

काठमाडौं-१ : ‘हेभीवेट’ नेताको बिरासतमा नयाँ अनुहार

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको

‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित

बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट दुई