१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अस्थायी तथा करारमा कर्मचारी नराख्ने निर्णय करार शिक्षकको हकमा लागु नहुने



काठमाडौं । सरकारले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने भन्दै अस्थायी तथा करारमा कर्मचारी नराख्ने निर्णय गरेपनि करार शिक्षकको हकमा भने सो निर्णय लागु लागू नहुने भएको छ ।

अर्थ मन्त्रालयको गत असोज ७ को अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा भएको विज्ञप्तिको बुँदा नम्बर (५) को संगठन संरचना सुधार अन्तर्गतको बुँदा (ज) मा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने भनिएको थियो ।

यस निर्णयबाट कतिपय स्थानीय तह र विद्यालयको कामकाज नै ठप्प हुने अवस्था आएपछि स्थानीयतहबाट शिक्षा मन्त्रालयलाई प्रश्न गरिएको थियो । स्थानीयतह र शिक्षक दरबन्दी नभएका विद्यालयहरुमा समस्या उत्पन्न हुने देखिएपछि भने शिक्षा मन्त्रालयले उक्त बुँदा शिक्षकको हकमा आकर्षित नहुने परिपत्र गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरी उक्त बुँदा शिक्षकको हकमा आकर्षित नहुने जनाएको हो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १ : ५२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा