२२ भदौ २०८३, सोमबार | September 7, 2026

विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा नेपाल आज यूएईसँग भिड्दै



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट-एसिया प्यासिफिक क्षेत्रीय छनोटको सुपर सिक्स चरणमा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’को विजेता बनेको नेपालले समूह ‘ए’को विजेता यूएईसँगको भेट पक्का गरेको हो ।

शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि पाँच विकेटको जित निकाल्दै समूह विजेताको रूपमा सुपर सिक्समा स्थान बनाएको थियो ।

समूह चरणमा नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । अब सुपर सिक्सको पहिलो खेलमा नेपाल र यूएई आज दिउँसो ४ः१५ बजे ओमानको अल अमेरतमा आमनेसामने हुनेछन् ।

सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग पनि प्रतिस्पर्धा गर्नेछ । सोमबार नेपालले कतारसँग, बुधबार ओमानसँग र शुक्रबार (असोज ३१ गते) सामाओसँग अन्तिम खेल खेल्ने कार्यक्रम रहेको छ ।

सुपर सिक्समा रहेका नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष तीन टोलीले २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ७ : ३० बजे

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको