१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

अनुमति लिएरमात्र क्यासिनोले विदेशी मुद्राको कारोबार गर्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाले इजाजत लिएरमात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९को दफा ३ अनुसार इजाजत लिएरमात्र विदेशी विनिमयको कारोबार गर्नुपर्ने प्रावधानअनुसार नै नयाँ प्रबन्ध गरिएको जनाएको छ ।

विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावली जारी भएको स्मरण गराउँदै केन्द्रीय बैंकले क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजत प्रदान गर्ने स्म्बन्धमा नयाँ व्यवस्था गरिएको हो । क्यासिनोलगायतका संस्थाले इजाजत लिएर विदेशी विनिमय (भारतीय मुद्रा समेत)को कारोबार गर्नु गराउनुपर्ने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

यस्तै, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै प्रिपेड कार्ड, डेबिट कार्ड र क्रेडिट कार्डबाट गरिने कारोबारको सीमा निर्धारण गरिएको छ । नयाँ व्यवस्थाअनुसार डेबिट कार्डबाट प्रतिकारोबार रु २० हजारबराबरमात्र गर्न सकिनेछ । यो व्यवस्था अनुसार अब प्रतिदिन रु ५० हजार बराबरको मात्र कारोबार हुनेछ । यसअघि प्रतिदिन रु एक लाखबराबरको कारोबार गर्न सकिन्थ्यो ।

त्यसैगरी, प्रिपेड कार्डबाट प्रतिकारोबार रु १० हजार बराबरमात्र गर्न सकिनेछ । प्रतिदिन रु २० हजारबराबरमात्र कारोबार गर्न सकिने र मासिक रूपमा रु दुई लाख बराबर कारोबार हुनेछ । प्रिपेड कार्डबाट हुने कारोबारमा भने कुनै संशोधन भएको छैन । क्रेडिट कार्डका हकमा स्वीकृत सीमाको १० प्रतिशतसम्म गर्न सकिने पुरानै व्यवस्था कायम छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ७ : ५९ बजे

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी समकक्षीको फोन, आपत्कालीन राहत पठाउने प्रतिवद्धता

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद

भोटेकोसी बाढीमा बगेका ५३८ जनाको शव भेटियो

काठमाडौं । काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा

पोखरामा शव पहिचान र परीक्षण सुरु

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको