६ माघ २०८२, मंगलबार | January 20, 2026

प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीहरुको आशा पलाएको छ : मुख्यमन्त्री आचार्य



नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीहरूको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको बताएका छन् ।

आइतबार विश्वविद्यालयको सातौं सभालाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई उत्कृष्ट र नमुना संस्थाका रूपमा विकसित गर्न साझा प्रयास आवश्यक रहेकोमा जोड दिए ।

मुख्यमन्त्री आचार्यले पछिल्ला ६-७ महिनामा गरिएको मेहनतले आशाको किरण जगाएको उल्लेख गर्दै विश्वविद्यालयले अझ विश्वास जित्नका लागि थप परिश्रम गर्नुपर्ने बताए ।’प्रचारप्रसारमा अझ सक्रिय हुनुपर्ने आवश्यकता छ,’ उनले भने, ‘विश्वविद्यालयलाई जनस्तर सम्म पुर्‍याउन सबैले मिलेर काम गर्नुपर्छ ।’

उनले लुम्बिनी प्राविधिक विश्वविद्यालय भौगोलिक रूपमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको संगम स्थल भएकाले यसले तीनवटै प्रदेशका विद्यार्थीलाई आकर्षित गर्न सक्ने क्षमता रहेको बताए ।’यो विश्वविद्यालयलाई धेरै हिसाबले मन्थन गरेर उत्कृष्ट बनाउन सकिन्छ,’ उनले भने- ‘सरकारको तर्फबाट आवश्यक सहयोग र साथ रहनेछ ।’

सभामा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पनि विश्वविद्यालयले विद्यार्थीमा विश्वास जगाउदै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

सातौं सभामा विश्वविद्यालयका विभिन्न आर्थिक, शैक्षिक र प्रशासनिक विषयमा प्रस्तावहरूमा छलफल गरिएको थियो । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन र २०८२/०८३ को बजेट स्वीकृति, अध्ययन संस्थान तथा केन्द्रहरूलाई आर्थिक व्यवस्थापन अधिकार प्रदान गर्ने, शिक्षक(कर्मचारी सेवा विनियममा संशोधन, करार कर्मचारी व्यवस्थापन कार्यविधि सुधार, र कृषि, वन तथा पर्यटनका शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्तावहरू समावेश थिए ।

प्रदेश सरकारले बाँकेको खजुरामा विश्वविद्यालय संचालन गर्ने निर्णय गरेको भएपनि संघीय सरकारबाट जग्गा प्राप्तीमा निर्णय नगरिदिँदा नेपालगन्जका बिभिन्न सरकारी भवनमा विश्वविद्यालय संचालन हुँदै आएको छ । बन डिभिजन कार्यालयमा प्रशासनिक कार्यालय राखेर सुरु भएको विश्वविद्यालयको कृषि विकास बैंकको भवनमा कक्षा संचालन हुँदै आएको छ । स्थानीय सरकार र प्रदेश सरकारबाट खजुरा गाउँपालिका ८ मा पर्ने जग्गा प्राप्तीका सम्पूर्ण प्रक्रिया पूरा गरेर पठाएपनि संघीय सरकारबाट निर्णय नहुँदा विश्वविद्यालयको स्थायी ठेगाना बन्न सकेको छैन ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  २ : ५१ बजे

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस सभापति गगन थापाले फेरे निर्वाचन क्षेत्र, सर्लाही-४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निर्वाचन क्षेत्र

ओखलढुंगामा रामहरि खतिवडाको टिकट खोसियो, कांग्रेसको नयाँ उम्मेदवार कुमार लुईंटेल

काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगामा प्रतिनिधिसभा सदस्यका लागि तय गरिएको

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् ।