३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीहरुको आशा पलाएको छ : मुख्यमन्त्री आचार्य



नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीहरूको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको बताएका छन् ।

आइतबार विश्वविद्यालयको सातौं सभालाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई उत्कृष्ट र नमुना संस्थाका रूपमा विकसित गर्न साझा प्रयास आवश्यक रहेकोमा जोड दिए ।

मुख्यमन्त्री आचार्यले पछिल्ला ६-७ महिनामा गरिएको मेहनतले आशाको किरण जगाएको उल्लेख गर्दै विश्वविद्यालयले अझ विश्वास जित्नका लागि थप परिश्रम गर्नुपर्ने बताए ।’प्रचारप्रसारमा अझ सक्रिय हुनुपर्ने आवश्यकता छ,’ उनले भने, ‘विश्वविद्यालयलाई जनस्तर सम्म पुर्‍याउन सबैले मिलेर काम गर्नुपर्छ ।’

उनले लुम्बिनी प्राविधिक विश्वविद्यालय भौगोलिक रूपमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको संगम स्थल भएकाले यसले तीनवटै प्रदेशका विद्यार्थीलाई आकर्षित गर्न सक्ने क्षमता रहेको बताए ।’यो विश्वविद्यालयलाई धेरै हिसाबले मन्थन गरेर उत्कृष्ट बनाउन सकिन्छ,’ उनले भने- ‘सरकारको तर्फबाट आवश्यक सहयोग र साथ रहनेछ ।’

सभामा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पनि विश्वविद्यालयले विद्यार्थीमा विश्वास जगाउदै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

सातौं सभामा विश्वविद्यालयका विभिन्न आर्थिक, शैक्षिक र प्रशासनिक विषयमा प्रस्तावहरूमा छलफल गरिएको थियो । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन र २०८२/०८३ को बजेट स्वीकृति, अध्ययन संस्थान तथा केन्द्रहरूलाई आर्थिक व्यवस्थापन अधिकार प्रदान गर्ने, शिक्षक(कर्मचारी सेवा विनियममा संशोधन, करार कर्मचारी व्यवस्थापन कार्यविधि सुधार, र कृषि, वन तथा पर्यटनका शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्तावहरू समावेश थिए ।

प्रदेश सरकारले बाँकेको खजुरामा विश्वविद्यालय संचालन गर्ने निर्णय गरेको भएपनि संघीय सरकारबाट जग्गा प्राप्तीमा निर्णय नगरिदिँदा नेपालगन्जका बिभिन्न सरकारी भवनमा विश्वविद्यालय संचालन हुँदै आएको छ । बन डिभिजन कार्यालयमा प्रशासनिक कार्यालय राखेर सुरु भएको विश्वविद्यालयको कृषि विकास बैंकको भवनमा कक्षा संचालन हुँदै आएको छ । स्थानीय सरकार र प्रदेश सरकारबाट खजुरा गाउँपालिका ८ मा पर्ने जग्गा प्राप्तीका सम्पूर्ण प्रक्रिया पूरा गरेर पठाएपनि संघीय सरकारबाट निर्णय नहुँदा विश्वविद्यालयको स्थायी ठेगाना बन्न सकेको छैन ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  २ : ५१ बजे

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन