१२ असार २०८३, शुक्रबार | June 26, 2026

लुम्बिनी प्राबिधिक विश्वविद्यालयलाई जग्गा दिलाइदिन संघीय मन्त्रीलाई प्रचण्डको टेलिफोन



खजुरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँकेको खजुरामा स्थापना हुने भनिएको लुम्बिनी प्राबिधिक विश्वविद्यालय निर्माणमा चासो ब्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले आज आज संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई टेलिफोन गरेर लुम्बिनी प्राबिधिक विश्वविद्यालयको जग्गा प्राप्ती सम्बन्धि फायल अगाडी बढाइदिन आग्रह गरेका छन् ।

प्राबिधिक विश्वविद्यालयको जग्गा प्राप्तीको प्रक्रियाबारे खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफान सहितको बाँकेका माओवादी नेताहरुले विश्वविद्यालयको जग्गा प्राप्तीको प्रक्रिया रोकिएका कारण छुट्याइएको स्थानमा भौतिक निर्माणको काम हुन नसकेको बताएपछि प्रचण्डले मन्त्री अधिकारीलाई फोन गरेर प्रक्रिया अगाडी बढाउन आग्रह गरेका हुन् । उनले आफ्नो नेतृत्वमा संयुक्त सरकार हुँदा बिश्वबिद्यालयका लागि जग्गा प्रदान गर्ने छलफल भएको स्मरण गराउँदै बाँकी प्रक्रिया पुरा गरिदिन मन्त्री अधिकारीलाई आग्रह गरे ।

प्रचण्डले मन्त्री अधिकारी स्वयम लुम्बिनी प्रदेशबासी भएको बताउँदै बिश्वबिद्यालय निर्माणमा प्राथमिकता पाउने विश्वास ब्यक्त गरे । प्रभण्डको फोनको जवाफ दिँदै मन्त्री अधिकारीले जग्गा सम्बनिध फालय मन्त्रिपरिषदमा लैजाने प्रक्रिया अगाडी बडेको जानकारी दिएका थिए ।

लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्ने भनिएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको सरकारबाट निर्णय भएको ३ वर्ष पछि खजुरा गाउँपालिका रहेको भवनमा साईनबोर्ड सम्म झुन्ड्याईएको छ । आब २०७६/२०७७ को नीति तथा कार्यक्रम मार्फत खजुरामा स्थापना गर्ने गरि प्रदेश सरकारले गरेको विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको ३ वर्ष पछि खजुरामा विश्वविद्यालयको साईनबोर्ड झुन्ड्याईएको हो ।

यस अघि १९ भदौ २०७९ मा खजुरामा विश्वविद्यालय संचालन गर्ने गरि नेपालगन्जमा केन्द्रीय कार्यालय संचालन गरिएको थियो । बाँकेको खजुरामा लुम्बिनी प्रदेश प्राबिधिक विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरु भए सँगै खजुरा गाउँपालिकाले वडा नं ८ रनियापुरमा १ सय १० बिघा जमिन लुम्बिनी प्रदेस प्राबिधिक विश्वबिद्यालयका लागि हक हस्तान्तरणका लागि सिफारिस गरिसकेको भएपनि संघीय सरकारले त्यस सम्बन्धि निर्णय नगरिदिँदा विश्वबिद्यालयको भौतिक निर्माणको काम सुरु हुन सकेको छैन ।

नेपालगन्जको डिभिजन बन कार्यालय परिषर भित्र संचालनमा आएको विश्वबिद्यालयको केन्द्रीय प्रशासनिक कार्यालय १ वर्ष अघि खजुरामा नै संचालन गर्ने निर्णय गरिएपनि अहिले सम्म संचालन हुन सकेको छैन । खजुरा गाउँपालिका रहेको साबिकको भवनमा विश्वबिद्यालयको केन्द्रीय कार्यालय संचालन गर्ने गरि निर्णय भएको १ वर्ष सम्म पालिकाले ठाउँ खाली नगरिदिँदा विश्वबिद्यालयको कार्यालय खजुरामा आउन नसकेको हो ।

पालिका आफ्नो नवनिर्मित भवनमा सर्ने र साबिकको स्थानमा विश्वबिद्यालयको कार्यालय संचालन गर्ने सहमति भएको थियो । अघिल्लो वर्षको माघबाट भवन खाली गरेर विश्वबिद्यालय सर्ने भनिएपनि गाउँपालिकाले खाली नगरिदिएपछि सार्न नसकिएको बिश्वबिद्यालय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  ९ : ४८ बजे

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

सीमाविद् श्रेष्ठलाई भीमसेन थापा पुरस्कार

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्