९ माघ २०८१, बुधबार | January 22, 2025

पढ्दै गर्ने, सीप सिक्दै गर्ने र रोजगारी पनि दिने खालको शिक्षा अहिलेको आवश्यकता



नेपालगन्ज । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले नेपालगन्जमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई चलायमान बनाउन आवश्यक रहेको बताएका छन् । प्राविधिक विश्वविद्यालयले नेपालगन्जमा आयोजना गरेको शैक्षिक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उनले विश्वविद्यालय यसक्षेत्रका विद्यार्थीहरुका लागि प्राविधिक ज्ञानको अवसर प्रदान गर्ने थलो भएकाले यसलाई चलायमान बनाउन आवश्यक रहेको बताएका हुन् ।

उनले प्राविधिक विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै रोजगारीको अवसर सिर्जना गर्ने बताए । विश्वविद्यालय थपेर मात्रै काम नभएको उल्लेख गर्दै उनले गुणस्तरीय शिक्षा प्रदान गरेर रोजगारी सुनिश्चित गर्ने खालको शिक्षा अहिलेको आवश्यक भएको बताए । ‘विश्वविद्यालयहरु अव त्यसतर्फ केन्द्रीत हुन आवश्यक छ ।’ उनले भने ।

पढ्दै गर्ने, सीप सिक्दै गर्ने र रोजगारी पनि दिने खालको शिक्षा अहिलेको आवश्यकता रहेको उनले बताए । अहिले ठूलो जनशक्ति विदेश पलायन भइरहेको भन्दै यही अवस्था रहिरहे भोलि मलामी जाने मान्छे समेत गाउँमा भेट्न मुश्किल पर्ने उनको भनाइ छ ।विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री तिमिल्सिनाले अवको शिक्षा नेपालमै रोजगारी सिर्जना गर्ने खालको हुन आवश्यक रहेकोमा जोड दिए ।

बाँके र बर्दियाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु समेत सम्मेलित अन्तरक्रियामा बोल्ने सहभागिहरु दक्ष जनशक्ति पाउनै मुश्किल परिरहेको उल्लेख गर्दै मागमा आधारित जनशक्ति उत्पादन गर्नतर्फ विश्वविद्यालयले ध्यान दिनुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका रजिस्टर रेगबहादुर भण्डारीले विश्वविद्यालय स्थापनाको उद्देश्य र हालसम्म शिक्षा क्षेत्रमा पु¥याएको योगदानमाथि चर्चा गरेका थिए । उनले विश्वविद्यालयको शैक्षिक र अनुसन्धान कार्यहरूमा केन्द्रित एक्सिलेन्सी र डिजिटल शिक्षालाई प्राथमिकता दिइरहेको जानकारी दिए ।

हालसम्म स्नातक तहका प्राविधिक फ्याकल्टीहरूमा १५० विद्यार्थी भर्ना भइसकेको र निकट भविष्यमा स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स र अनुसन्धानका विषय समावेश गरिने उनले बताए ।

कार्यपत्र प्रस्तुत गर्दै निवर्तमान राष्ट्रिय योजना आयोग लुम्बिनी प्रदेशका अध्यक्ष नकुल केसीले विश्वविद्यालयले डिजिटल शिक्षालाई आर्थिक आयआर्जनसँग जोडेर युवाहरूलाई सक्षम बनाउनु आवश्यक रहेको धारणा राखेका थिए । उनले गुणस्तरीय शिक्षाको माध्यमबाट स्थानीय र बाह्य विद्यार्थीहरूलाई आकर्षित गर्न विश्वविद्यालयको भूमिकामा जोड दिए ।

 

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १० : ०६ बजे

चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे

महोत्तरी । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् ।

गैँडाको आक्रमणबाट मृत्यु

चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज

खानेपानी संस्थाहरु करमुक्त गर्न माग

काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले

तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै

तनहुँ । जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको

पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो