६ श्रावण २०८३, बुधबार | July 23, 2026

नेपालको यूएईमाथि रोमाञ्चक १ रनको जीत



काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्दी यूएईमाथि रोमाञ्चक १ रनको जित हात पारेको छ।

१४१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमै सीमित रह्यो। यूएईका अलिशान सराफूले ५८ रनको अर्धशतकीय योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्। त्यस्तै ध्रुव पराशरले ३८ रन बनाए।

८२ रनमा मात्र एक विकेट गुमाएको बलियो अवस्थामा रहेको यूएईलाई नेपालले त्यसपछि लगातार दबाबमा पार्‍यो। ९९ रनमा ६ विकेट गुमाएपछि क्रिजमा आएका ध्रुव पराशरले आक्रामक ब्याटिङ गर्दै यूएईलाई खेलमा फर्काउने प्रयास गरे।

अन्तिम ओभरमा यूएईलाई जितका लागि १० रन आवश्यक थियो। बलिङका लागि आएका दीपेन्द्र सिंह ऐरीको दोस्रो बलमा पराशरले छक्का प्रहार गरे पनि त्यसपछि उनले क्याच आउट हुँदै फर्किए। बाँकी बलमा यूएईले रनआउट र शर्ट रनको कारण कुनै रन जोड्न सकेन। अन्ततः १ बलमा ३ रन आवश्यक रहँदा यूएईले १ रन मात्रै जोड्न सक्यो र नेपाल १ रनले विजयी भयो।

नेपालका लागि दीपेन्द्रले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए। सन्दीप लामिछाने, सोमपाल कामी र गुलशन झाले १र१ विकेट झारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको योगफल बनाएको थियो। ओपनर आसिफ शेखले ४७ बलमा ५१ रनको अर्धशतकीय पारी खेले। कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेलले २० रन र गुलशन झाले ५ बलमा १४ रन जोडे।

सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन जोडेको नेपालले त्यसपछि रनगति कायम राख्न नसके पनि बलरहरूको सशक्त प्रदर्शनका कारण अन्ततः खेल आफ्नो पक्षमा पार्न सफल भयो।

यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान १र१ विकेट लिएका थिए।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : ०५ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क