११ भदौ २०८३, बिहिबार | August 27, 2026

मालपोत कार्यालयमा जेलेका श्रेस्ता कायम गर्न थालियो



दाङ । जेनजी आन्दोलनका क्रममा आगजनी गरेर नष्ट गरिएका श्रेस्ता कायम गर्न मालपोत कार्यालयले काम थालेको छ ।

मालपोत कार्यालय तुलसीपुर र घोराहीले जलेका श्रेस्ता कायम गर्नका लागि सूचना जारी गरी मोठहरु कायम गर्न थालेको हो । मालपोत कार्यालय तुलसीपुरका नायव सुब्बा एवं सूचना अधिकारी शान्तराज गौतमका अनुसार मोठ कायम गर्न दुवै कार्यालयले जग्गाधनीसँग भएको सकल जग्गाधनी प्रमाण पुर्जा र प्रतिलिपी, नेपाली नागरिकताको सकल प्रमाणपत्र र प्रतिलिपि, चालुु आर्थिक वर्षको मालपोत बुझाएको रसिद र प्रतिलिपि तथा जग्गा रोक्का भएमा राख्ने निकायको सहमति ल्याउनुपर्ने छ ।

जग्गाधनीसँग भएको सक्ल जग्गाधनी पुर्जा र एलआरएमआईसमा भएको अभिलेख भिडेमा प्रणालीबाट त्यस्तो जग्गाको श्रेस्ताको प्रिन्ट गरी प्रमाणित गरी नयाँ श्रेस्ता कायम गरिने सूचना अधिकारी गौतमले बताए । उनका अनुसार यदी त्यसमा फरक पर्न गएमा डिएमएसमा भएको अभिलेखसँग रुजु गर्ने र एलआरएमआईएसमा विवरण अद्यावधिक गरी त्यस्तो जग्गाको श्रेस्ता प्रिन्ट गरी प्रमाणित गरी नयाँ श्रेस्ता कायम गर्ने तथा यी दुबैमा नभिडेमा तामेलीमा रहेको अभिलेख भिडेको अवस्थामा एलआरएमआईएसमा विवरण अद्यावधिक गरी त्यस्तो जग्गाको श्रेस्ता प्रिन्ट गरी प्रमाणित गरी नयाँ श्रेस्ता कायम गर्ने गरी सूचना जारी गरिएको छ ।

यी कुनै पनि कार्यले श्रेस्ता कायम हुन नसकेमा मुद्दा फाँटबाट हुने काम कारबाही कार्यालयको भौतिक संरचना व्यवस्थापन भएमा मात्रै काम हुने सूचना अधिकारी गौतमले बताए ।

घोराही र तुलसीपुरमा रहेका मालपोत कार्यालयमा तोडफोड तथा आगजनी हुँदा कार्यालयमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएका थिए । दुवै भवनमा आगजनीबाट क्षति हुँदा अहिले ती कार्यालयले जलेका भवनका केही कोठामा बसेर सेवा प्रवाह थालेका छन् । तुलसीपुर मालपोत कार्यालयमा ४० हजारभन्दी बढी व्यक्तिका श्रेस्ता जलेर नष्ट भएका सूचना अधिकारी गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १ : ४५ बजे

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कबिहिन : भारतीय बिदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको